मोरङमा मर्निङवाकमा गएकी युवतीमाथि सामूहिक बलात्कार

विराटनगर ९ पुस । मोरङको जहदामा मर्निङवाकमा गएकी २२ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ । मंगलबार बिहान विराटनगर महानगरपालिका नजिकैको कटहरी गाउँपालिकामा उक्त घटना भएको प्रहरीले जनाएको छ । युवतीलाई बाँसको झ्याङमा लगेर हातखुट्टा बाँधी मुखमा पट्टी लगाएर सामूहिक बलात्कार गरिएको पीडितको बयानलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । अर्धचेत अवस्थामा भेटिएकी उनको विराटनगरस्थित […]

शान्ति सुरक्षा पहिलो प्राथमिकता : प्रदेश प्रहरी प्रमुख अधिकारी

विराटनगर ८ पुस । कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरका प्रमुख डिआईजी राजन अधिकारीले शान्ति सुरक्षा पहिलो प्राथमिकता रहेको बताउनु भएको छ । कोशी प्रदेश प्रहरी प्रमुखमा सरुवा भएर आएपछि सोमबार आयोजित पत्रकार भेटघाटमा उहाँले प्रहरीले कानुनको परिधिभित्र रहि आम नागरिकलाई सुरक्षा प्रदान गर्न कुनै कसर बांकी नराख्ने बताउनुभयो । उहाँले अपराध रोकथाम तथा नियन्त्रण […]

आफूमाथि उठेका सबै प्रश्नको जवाफ दिन तयार छु : लेखा समिति सभापति पोखरेल

विराटनगर ८ पुस । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आफूमाथि उठेका सबै प्रश्नको जवाफ दिन तयार रहेको बताउनु भएको छ । पोखरेलकी पत्नी अञ्जला कोइरालाका नाममा मोरङ जिल्ला अदालतबाट सहकारी ठगीमा पक्राउ पूर्जी जारी भएको छ । त्यो विषयलाई लिएर सार्वजनिक लेखा समितिको सोमबारको बैठकमा प्रश्न उठेको थियो । सांसदहरूले उठाएका प्रश्नको जवाफ […]

रविमाथि सूर्यदर्शन सहकारी ठगीमा ३ करोड ३७ लाख बिगो दाबी

विराटनगर ७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सूर्यदर्शन सहकारीको रकम अपलचनमा ३ करोड ३७ लाख ६५ हजार बिगो दाबी गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार दायर गरेको मुद्दामा सहकारीतर्फ सो रकम बिगो दाबी गरिएको हो । उनीमाथि सम्पत्ति शुद्धिकरणमा पनि मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धिकरणतर्फ भने […]

मोरङ कटहरीका १२ सय महिलाको प्रजनन स्वास्थ्य परीक्षण

विराटनगर ७ पुस । मोरङको कटहरीका एक हजार बढी महिलाहरुको प्रजनन् स्वास्थ्य परीक्षण गरिएको छ । रिप्पल नेपाल चितवनको प्राविधिक सहयोग तथा कोकन विराटनगरसँगको सहकार्यमा कटहरी गाउँपालिकाले आयोजना गरेको प्रजनन स्वास्थ्य सम्वन्धी निशुल्क जाँच र अप्रेसन शिविरमा १ हजार २ सय ४० जनाको सहभागिता रहेको कोकन अध्यक्ष मञ्जिता उपाध्यायले जानकारी दिनुभयो । पुस २ देखि […]