विराटनगर ४ पुस । कोसी प्रदेश सरकारले आयोजना गर्ने तय भएको लगानी सम्मेलन कुनै संघसंस्थाले नगरेर प्रदेश सरकारले नै गर्न मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनुभएको छ । प्रदेश सभाको सुशासन तथा योजना समितिको बैठकमा मुख्यमन्त्री कार्कीले बाहिर चर्चा गरेजस्तो विवाद नरहेको दाबी गर्नुभयो । यस अघि विभिन्न संस्थाले लगानी सम्मेलन गर्ने प्रचार गरिएपछि मुख्यमन्त्री कार्कीले यस्तो […]
विराटनगर ४ पुस । विराटनगर महानगरपालिकाले विराटनगरमा सञ्चालित गीतगजल तथा दोहोरीसाँझलाई व्यवस्थित गर्ने विषयमा सम्बन्धित व्यवसायीहरूसित छलफल गरेको छ । दोहोरीसाँझ र गीतगजल व्यवसायका कारण ध्वनि प्रदूषण र होहल्ला भएको भन्दै गुनासो आएपछि महानगरले व्यवसायीहरूलाई बोलाएर व्यवस्थित गर्न निर्देशन दिएको छ । महानगरका प्रमुख नागेश कोइरालाले तीन दिनभित्र ध्वनि प्रदूषण कम गर्न निर्देशन दिनुभयो । […]
विराटनगर, ४ पुस । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले नागरिकहरुमा आशाको संचार जगाउन पत्रकारको भुमिका बढी महत्वपूर्ण रहेको बताउनुभएको छ । कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा राष्ट्रिय समाचार समिती(रासस)ले विराटनगरमा आयोजना गरेको जिल्ला संवाददाताहरुका लागि क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रमको आज समापन कार्यक्रममा बोल्दै उहाँले यस्तो बनाउनुभएको हो […]
विराटनगर ४ पुस । कोशी प्रदेश खेलकुद विकास बोर्डले खेल संघ तथा खेल संस्थाहरुको दर्ता , नवीकरण , सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मार्गनिर्देशन – २०८१ पारित गरेको छ । आज प्रदेशको सामाजिक विकास मन्त्रालयमा बसेको बोर्डको २४ औं बैठकले मार्गनिर्देशन पारित गरेको हो । कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा बोर्डका अध्यक्ष पाँचकर्ण राईको अध्यक्षतामा […]
विराटनगर २ पुस । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पत्रकारहरुले लोकतन्त्रको सुदृढिकरण र विधिको शासनका लागि भूमिका खेल्नु पर्ने बताउनुभएको छ । आज विराटनगरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सत्य र तथ्यका आधारमा पत्रकारहरुले राष्ट्रको पहरेदारी गर्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘अहिले नो नट अगेनका नाममा अनावश्यक […]