एमाले अध्यक्ष ओली सैनिक ब्यारेकबाट फिर्ता

विराटनगर २ असोज । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट फर्किनु भएको छ । जेनजी प्रदर्शनका क्रममा उहाँलाई नेपाली सेनाले सुरक्षाका निम्ति नियन्त्रणमा लिएको थियो ।

प्रधानमन्त्री पदबाट राजीनामा दिएर गत २४ भदौदेखि सैनिक ब्यारेकमा बस्दै आएका ओली बाहिर आउनु भएको हो । सुरक्षा स्रोतका अनुसार ओली भक्तपुरको गुण्डु सर्नुभएको छ । त्यहाँ उनका निम्ति भाडाको घर लिइएको छ । बालकोटस्थित ओलीको घर भने प्रदर्शनकारीले जलाएका छन् ।

बालकोटको घर जलेकाले ओली गुण्डु सर्नु भएको हो । ओलीलाई त्यहाँ ल्याउने पहल एमाले पोलिब्युरो सदस्य महेश बस्नेतले गर्नुभएको हो ।

बस्नेतले ओलीलाई भव्य कार्यक्रम मार्फत सार्वजनिक गरिने सार्वजनिक बक्तव्य नै दिनु भएको छ ।