अवैध भारतीय रूपैयाँसहित विराटनगरबाट चार जना पक्राउ

विराटनगर, ३० चैत । अवैध भारतीय रूपैयाँ (भारु)सहित चार जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना भारतीय र दुई जना नेपाली नागरिक छन् । स्रोत नखुलेको भारती नोटसहित भारतीय नागरिक ३७ वर्षीय अभिनास मुखिया, २९ वर्षीय विष्णुदेव मुखिया तथा सुनसरीको बर्जु गाउँपालिका–१ का ३८ वार्षीय सुरज ऋषिदेव र शिवकुमारी ऋषिदेव पक्राउ […]

निर्वाचन नगराउने षड्यन्त्र भईरहेको छ : एमाले अध्यक्ष ओली

विराटनगर, ३० चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख ३० गतेलाई निर्धारण गरिएको स्थानीय तहको निर्वाचन नगराउने षड्यन्त्र भइरहेको बताउनु भएको छ । गठबन्धन सरकारले निर्वाचन नगराउने षड्यन्त्र गरिरहेको उहाँको आरोप छ । आज एमाले विराटनगर महानगर कमिटीले जिल्ला पार्टी कार्यालय पाञ्चालीमा आयोजना गरेको बृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष […]

विराटनगर महानगरका वडामा एमालेबाट को–को बन्दैछन् उम्मेद्वार

विराटनगर, ३० चैत । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेले विराटनगर महानगरपालिकाका अधिकाँस वडाका वडाध्यक्षहरुको नाम टुङ्गो लगाउने कार्यलाई अन्तिम चरणमा पुर्याइएको बताइएको छ । महानगर भित्रको तीन वटा वडाको वडाध्यक्ष सर्वसम्मत रुपमा छनौट गरेको एमालले बाँकी १६ वटा वडाको नाम पनि केही दिन भित्र नै टुङ्गिने जनाइएको छ । जसमा […]

महिलाको अधिकार कुण्ठित नगर : डा.तुम्बाहाम्फे

विराटनगर, २९ चैत । एमाले स्थायी कमिटी सदस्य डा.शिवमाया तुम्बाहाम्फेले चुनावी तालमेलमा नाउँमा महिलाको अधिकार कुण्ठित नगर्न आग्रह गर्नुभएको छ ।आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुखमा पुरुषै पुरुष उम्मेदवार उठाउन सक्ने सम्भावना बढेको भन्दै महिलाको अधिकारलाई कुण्ठित नगर्न आग्रह गर्नुभएको हो । मंगलबार विराटनगरमा प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार […]

एमाले अध्यक्ष ओली विराटनगर आउने

विराटनगर, २९ चैत । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बुधबार (भोली) विहान विराटनगर आउने हुनु भएको छ । जिल्ला पार्टी कार्यालय विराटनगर पाञ्चालीमा आयोजना गरिएको बृहत पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष ओली आउन लाग्नु भएको हो । विहान १० वजे पार्टी कार्यालयमा हुने कार्यक्रममा अध्यक्ष ओलीले विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश हुनेहरुलाई स्वागत […]