विराटनगर ६ वैशाख । छात्रवृत्तीमा नाम निकाल्ने ५५ जना विद्यार्थीलाई विराटनगर–१० मा रहेको अरनिको कलेजले सम्मान गरेको छ । पूर्ण छात्रवृत्तीमा नाम निकाल्ने ४८ जना विद्यार्थी र कलेजमा स्थापना गरिएको छात्रवृत्तिका ७ जना विद्यार्थीलाई कलेज परिसरमा आज एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो । अरनिको कलेजमा अध्यनरत ६ जना विद्यार्थीले एमबीबीएसमा पूर्ण छात्रवृत्तीमा नाम […]
विराटनगर, ६ वैशाख । कर्मचारीहरुको संयुक्त ट्रेड युनियनले देशभर बुझाएको ज्ञापनपत्रमा कोशी प्रदेशका कर्मचारीले फरक मत राखेका छन् । संघीय सरकारले संसदमा प्रस्तुत गर्न लागेको संघीय निजामती सेवा ऐनको विषयमा कर्मचारी संगठनहरुले बुृझाएको ज्ञापनपत्रमा आफ्नो असहमति जनाउँदै कोशी प्रदेशको नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)ले फरक मतसहित छुट्टै ज्ञापनपत्र बुझाएका छन् । केन्द्रको घोषित कार्यक्रम अनुसार […]
विराटनगर ५ वैशाख । विराटनगर महानगरपालिकाले मुख्य सडकलाई पार्किङ निषेध गर्ने अभियानलाई निरन्तरता दिएको छ । पार्किङस्थललाई व्यवस्थित गर्न भन्दै केही समय स्थगित गरेको पार्किङ निषेध अभियानलाई महानगरले आजदेखि पुनः पूर्ववत् अवस्थामै कार्यान्वयनमा ल्याएको हो । मंगलबार शनिमन्दिरदेखि अस्पतालचोक, जलजलाचोकदेखि पञ्चमुखी हनुमान मन्दिर, ट्राफिकचोक आसपास र हिमालय रोडलाई पार्किङ निषेध गर्ने महानगरको यसअघिको निर्णयलाई कार्यान्वयनमा […]
विराटनगर ५ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारहरुले एक सय दिन पनि राम्रोसँग मनाउन नपाउनु दुःखत भएको बताउनु भएको । गत मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनपछि बनेको प्रदेश सरकारहरुले राम्रोसँग एक सय दिन कटाउन नपाएको उहाँको भनाई छ । राष्ट्रिय राजनीतिमा नयाँ गठबन्धन बनेसँगै प्रदेश सरकारहरुमा समस्या आएको उहाँले बताउनुभयो । […]
विराटनगर ५ वैशाख । कोशी प्रदेश सरकारले एक सय दिने उपलब्धि सार्वजनिक गरेको । सरकार गठन भएको एक दिन पुरा गरेको अवसरमा मंगलबार सरकारले गरेका कामहरु मुख्यमन्त्री हिक्मतकुमारी सार्वजनिक गर्नुभयो । उहाँले सार्वजनिक गरेको उपलब्धि अनुसार शासकीय सुधारमा प्रदेशका मन्त्रालयहरूको संख्या १३ बाट ९ मा घटाइएको र मन्त्रालयहरूको संगठन तथा व्यवस्थापन (ओएन्डएम) कार्य सम्पन्न गरिएको, […]