उर्लाबारी, १० माघ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मोरङको लेटाङमा ‘सहिद’को शालिक तोडफोड हुनुमा माओवादी केन्द्रलाई दोष दिएको छ । लेटाङ ५ स्थित शिक्षा विकास मावि अगाडी राखिएको माओवादी जनयुद्धका सहिद हरि भट्टराईको शालिक निकालेर माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताले गत माघ ४ गते लेटाङ बसपार्कको खाली स्थानमा शालिक ठड्याएको थिए । लेटाङ नगरपालिकाका […]
विराटनगर ९ माघ । मोरङको बुढीगंगा गाउँपालिकास्थित स्मृति बोर्डिङ स्कूलमा मंगलबार सम्पन्न वादविवाद प्रतियोगितामा विराटनगर–५ स्थित एभरेष्ट मावि र सुन्दरहरैचाको साजिलाल मावी प्रथम भएका छन । स्मृति इङलिस बोर्डिङ स्कुल नेमुवा बुढिगंगा मोरङको आयोजनामा ‘सामाजिक सन्जालको प्रयोग : नविनतम ज्ञानको खोजीकी, समयको दुरुपयोग’ भन्ने शिर्षकमा पक्ष विपक्षमा वादविवाद गराईएको थियो । उक्त शिर्षकको पक्षबाट साजिलाल […]
विराटनगर ९ माघ । प्रदेश लोक सेवा आयोग कोशीले तीन वर्षमा १ हजार ३७७ जनालाई स्थानीय सरकारी सेवामा सिफारिस गरेको छ । आर्थिक वर्ष २०७८–०७९मा २८०, २०७९–०८० मा ४०९ र २०८०–०८१ को हाल सम्म ६८८ गरि १ हजार ३७७ जनालाई स्थानीय सरकारी सेवामा सिफारिस गरिएको प्रदेश लोकसेवा आयोगका सचिव बाबुराम खतिवडाले जानकारी दिनुभयो । चौथो […]
विराटनगर ९ माघ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले बैंक र उद्योग एउटै घरानाले सञ्चालन गर्ने व्यवस्था हटाउनु जरुरी रहेको बताउनु भएको छ । पिताजी कृष्णप्रसाद स्मृति परिषद्ले आज विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले एउटै घरानाको बैंक, उद्योग र इन्स्योरेन्स कम्पनी हुँदा समस्या देखिएको जिकिर गर्नुभयोे । बैंकहरूले ५ प्रतिशत […]
विराटनगर ९ माघ । मोरङको उर्लाबारीबाट आज दिउँसो भाले चितुवाको उद्धार गरिएको छ । प्राकृतिक वासस्थान छाडेर गाउँ पसेको अन्दाजी ४० किलोग्राम तौलको वयस्क चितुवाको उद्धार गरिएको हो । चितुवालाई उर्लाबारी नगरपालिका–१ चरघरेबाट नियन्त्रणमा लिइएको छ । चितुवालाई नियन्त्रणमा लिन कोशी टप्पु वन्यजन्तु आरक्ष र राष्ट्रिय प्रकृति संरक्षण कोषबाट वन्यजन्तु विज्ञको संयुक्त टोली उर्लाबारी पुगेको […]