कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

काठमाडौं १ जेठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रपतिलाई सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम पेश गर्दा अवरोध नगर्ने निर्णय गरेको हो । तर, त्यसछि सरकारले ल्याएको कुनै पनि कार्यसूचीमा प्रवेश नगर्ने उसको निर्णय छ ।

संघीय संसदको बैठक दिउँसो ३ बजे बोलाइएको छ, जहाँ राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची छ ।