विराटनगर ८ द्धारा डेङ्गी रोग नियन्त्रणका लागि अभियान शुरु

विराटनगर १४ साउन । विराटनगर महानगरपालिकाले डेङ्गी रोग नियन्त्रणका लागि अभियान शुरुवात गरेको छ । अभियान अन्र्तगत वडा कार्यालयले आज खोज र नष्ट कार्यक्रम सम्वन्धि अभिमुखीकरण गरेको छ । डेङ्गी रोग नियन्त्रणका लागि वडा कार्यालयको नेतृत्वमा विद्यालय, टोल संगठन, सहकारी संस्थाका शेयर सदस्यहरु मार्फत अभियानलाई घर–घरमा पुर्याइने भएको छ । डेङ्गी रोगको सम्भावित महामारीको तयारी […]

कोशीमा नयाँ सरकार गठनबारे कांग्रेस–माओवादीका शीर्ष नेताबीच छलफल

विराटनगर, १३ साउन । कोशी प्रदेशमा देखिएको राजनीतिक संकट समाधानबारे सत्तारुढ दल माओवादी र कांग्रेसका शीर्ष नेताबीच छलफल भएको छ । आज बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापतिसमेत रहेका उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा र नेता कृष्णप्रसाद सिटौला लगायतले छलफल गरेका हुन् । सर्वाेच्चको अदालतको […]

गरीव जनतालाई स्वास्थ्य एवं शिक्षामा नोना कोइरालाको महत्वपूर्ण सहयोग : नेता डा. कोइराला

विराटनगर, १३ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा शेखर कोइरालाले स्व. नोना कोइरालाले गरीव ,विपन्न एवं पछाडि परेका नागरिकहरुलाई स्वास्थ्य एवं शिक्षा क्षेत्रमा महत्वपूर्ण सहयोग उपलव्ध गराउनु भएको बताउनु भएको छ । नोना कोइराला स्मृति प्रतिष्ठानको आज विराटनगर–४ स्थित इक्राहीमा आयोजित साधारण सभामा उहाँले स्व. कोइरालाले सामाजिक न्याय, सामाजिक सुरक्षा, स्वास्थ्य, शिक्षाबाट […]

रंगेलीको सडकका डिभाईडरमा ६५ हजार निल काँडको विरुवा रोप्न सुरु

विराटनगर, १३ साउन । मोरङको रंगेलीलाई सुन्दर, हराभरा र समृद्ध बनाउने नगरपालिकाको अभियानमा नेकपा (एमाले) ले साथ दिएको छ । रंगेली नगरपालिकाले सुरु गरेको हरित शहर अभियानमा नेकपा (एमाले) रंगेली नगर कमिटीले साथ दिएको हो । रंगेली नगरपालिकाले केही साता अघिदेखि हुलाकी राजमार्ग अन्तर्गत रंगेली क्षेत्रमा पर्ने सडकको डिभाईडरमा बृक्षारोपण गर्दै हरित शहर अभियानको सुरुवात […]

कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति सर्वोच्चद्धारा बदर ( पूर्णपाठ सहित)

काठमाडौं ११ साउन । सर्वाेच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । बिहीबार सर्वाेच्च अदालतका न्यायाधीशहरु तिलप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाको इजलासले मुख्यमन्त्री थापाको मुख्यमन्त्री नियुक्ति बदर गर्ने आदेश दिएको हो । थापालाई मुख्यमन्त्री नियुक्तिका लागि सभामुख बाबुराम गौतमले हस्ताक्षर गरी समर्थन गर्नु त्रुटीपूर्ण भएको भन्दै सर्वाेच्चले सो […]