तेस्रो मिल्स क्रिकेट प्रतियोगिता : पटनासँग नेपाल पुलिस पराजित

विराटनगर १ जेठ । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगितामा भारत विहारस्थित पटनाको हाइ पफमेन्स क्रिकेट क्लब अन्तिम आठमा पुगेको छ ।

विराटनगर जुटमिलको खेलमैदानमा मंगलबार भएको पहिलो खेलमा विभागिय टिम नेपाल पुलिस क्बलाई १२ रनले हराउँदै पटना अन्तिम आठमा पुगेको हो । टस जितेर ब्याटिङ रोजेको पटनाले १५.५ ओभरमा सबै बिकेट गुगाउँदै १०३ रन बनाएको हो । पटनाका सचिन कुमार सिंहले १९ बलमा २६ रन बनाए । उनले २ छक्का र २ चौका हिर्काए । प्रतिकले २२ रन पारी खेल्दा सहिले अविजित १३ रनको योगदान दिए । पटनाका अन्य ब्याटमेनले दोहोरो अंक बनाउन सकेनन् ।

पुलिसका सर्वण यादवले कसिलो बलिङ गरे । उनले ३.५ ओभरमा ९ रन खर्चेर ४ विकेट लिए । रोशन सुवलले ३ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए भने रसिब खानले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । पटनाले दिएको १०४ रनको विजय लक्ष्य पछ्याएको नेपाल पुलिसले १७.३ ओभरमा सबै विकेट गुमाइ ९१ रन मात्रै बनाउन सक्यो ।

पुलिसका केशवले २० बलमा १७ रन बनाए । उनले ३ चौका मात्रै हिर्काए । एरनले १६ रन बनाउँदा सुबपले ११ रनको योगदान दिए । पुलिसका अन्य ब्याटमेनले दोहोरो अंक बनाउन सकेनन् । पटनाका सकबुल जैनले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । सचिन सिंह र हरीले समान २–२ विकेट लिए ।

खेलको प्लेर अफ द म्याच पटनाका सचिन सिंह घोषित भए । उनले नगद ३ हजार रुपैयाँ पाए ।

अहिले दोस्रो खेल भइरहेको छ । सिराहा क्रिकेट क्लब र भारत विहारको कटिहार क्रिकेट क्लबबीच प्रतिस्पर्धा भइरहेको छ ।