विराटनगर १२ चैत । मैथिल सञ्चारकर्मी संघले संस्कृति सम्वद्र्धन र समाज विकासकोे क्षेत्रमा योगदान पुर्याएका पाँच जना व्यक्तिहरुलाई सम्मान गरेको छ । विराटनगरमा शनिबार एक कार्यक्रमको आयोजना गर्दै सञ्चारकर्मी संघले नगद पुरस्कारसहित उनीहरुलाई सम्मान गरेको हो । मैथिल संस्कृति र पहिचानको विकासमा बहुआयामिक योगदान पुर्याएको बिषयको कदर गर्दैै उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा […]
विराटनगर १२ चैत । मुख्य बजार क्षेत्रको सडकलाई पार्किङ निषेध गर्ने अभियानमा आक्रमक रुपमा लागेको विराटनगर महानगरपालिकाले ट्राफिक प्रहरीले गरेको पार्किङलाई समेत हटाएको छ । महानगरका प्रमुख नागेश कोइरालाको उपस्थितिमा नगर प्रहरीले जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि सडक र फुटपाथमा ट्राफिक प्रहरीले राखेका सवारी साधनहरु हटाएको हो । ट्राफिक प्रहरी कार्यालय अगाडि सवारी पार्किङ गर्दा […]
विराटनगर १२ चैत । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीयता स्थापनापछि जनताले विकासको अनुभूति गर्न पाएको बताउनु भएको छ । नेपाल कानून समाजद्वारा आज विराटनगरमा आयोजित सङ्घ, प्रदेश र स्थानीय सरकारको प्रभावकारी समन्वय र भावि रणनीति विषयक अन्तरक्रियामा उहाँले भन्नु भयो– ‘विगत २० बर्षमा नभएको विकास प्रदेश सरकार स्थापनाको छ बर्षको अवधिमा गरेको छ ।’ […]
कर्षण विराटनगर १२ चैत । कोशी प्रदेशका राजनीतिक दलहरूले केही दिन यता कोशी प्रदेश नामाकरणको विषयलाई लिएर भइरहेका विरोध प्रदर्शन, बन्दहड्ताल र सडक अवरोध जस्ता सार्वजनिक असन्तुष्टिका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदेशको नाम प्रति प्रदेशवासीहरूको आम चासो सरोकार हुँदा हुँदै पनि विगत पाँच वर्षको अवधिमा प्रदेश […]
विराटनगर ,११ चैत । कोशी प्रदेशका मुख्यमन्त्री एवं मनमोहन प्राविधिक विश्वविद्यालयका कुलपति हिक्मतकुमार कार्कीले योगशिक्षाको वारेमा जनतामा चेतना जागृत गराउनु आवश्यक्त्तता भएको बताउनु भएको छ । मनमोहन प्राविधिक विश्वविद्यालय बुढीगंगाद्वारा शुक्रबार विराटनगरमा आयोजित स्वास्थ्य नीति तथा व्यवस्थापन सम्वन्धी अभिमुखीकरण कार्यक्रममा उहाँले आहार, विहार र योगले मानव जीवनमा सकारात्मक प्रभावपारी स्वस्थ्य जीवन यापन गर्न सकिने विचार […]