खाल्डाखुल्डी रहित सडक बनाइने छ : भौतिक पूर्वाधार मन्त्री दाहाल

विराटनगर ११ असोज । विराटनगर भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले खाल्डाखुल्डी रहित सडक बनाइने बताउनु भएको छ ।

सडकहरु खाल्डाखुल्डी रहित बनाउने गरि सरकारले काम शुरु गरिसकेको उहाँले बतानुभयो । विराटनगरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री दाहालले देशव्यापी रुपमा सङघीय मन्त्रालय अन्तर्गतका चार हजार पाँच सय किलोमिटर सडकहरुमा रहेका खाल्डा खुल्डी पुर्ने काम शुरु भईसकेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ अहिले मौसमले काम अवरुद्ध भएको छ ।’

मन्त्री दाहालले देशलाई बिकासलाई गति दिन संविधान संशोधन गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले निर्वाचन प्रणालीको कारण मुलुकको विकास निर्माण दु्रत गतिले आगाडि वढाउन निर्वाचन प्रणालीमा रहेका वाधा अडचन हटाउन संविधान संशोधन गर्न लागिएको प्रष्ट पार्नु भयो । उहाँले निर्वाचन प्रणाली सुधार गर्ने सन्दर्भमा विभिन्न महिलाहरु, विभिन्न जातजनजातिको प्रतिनिधित्व स्थानीय रुपमा निर्वाचित गरेर ल्याउने , समानुपातिको व्यवस्थित गर्ने सम्बन्धमा विभिन्न दलहरुवीच छलफल भइरहेको जानकारी दिनु भयो ।

मन्त्री दाहालले संविधान संशोधनबाट हिजो जनताले पाइरहेको अधिकार कुनै पनि हालतमा नखोसिने दावी गर्नु भयो ।