कोशी प्रदेश योजना आयोगका सदस्यद्वय कोइराला र गच्छदारद्धारा शपथ ग्रहण

विराटनगर ११ असोज । कोशी प्रदेश योजना आयोगका नव नियुक्त सदस्यद्धय नारायण कोइराला र प्रमिलाकुमारी गच्छदारले आज शपथ ग्रहण गर्नु भएको छ ।

कोशी प्रदेश मन्त्रिपरिषदको असोज १० गतेको बैठकले सुनसरी जिल्ला वराहक्षेत्र –७ का कोइराला र विराटनगर महानगरपालिका –४ की गच्छदारलाई सदस्य पदमा नियुक्ति गर्ने निर्णय गरेको थियो । प्रदेशका मुख्यमन्त्री हिक्मकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज साँझ पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको छ ।

शपथ ग्रहण समारोहमा प्रदेशका मन्त्रिहरु, प्रदेश योजना आयोगका उपाध्यक्ष, प्रदेश मन्त्रालयका सचिवहरु, कर्मचारीहरु एवं सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।