ग्रामथानमा प्रथम रविदानन्द भेट्रान फुटबल प्रतियोगिता हुने

विराटनगर १२ असाेज । माेरङकाे ग्रामथानमा प्रथम रविदानन्द चाैधरी स्मृति कप भेट्रान फुटबल प्रतियाेगिता हुने भएको छ ।

नेताचाेक टाईगर क्लव ग्रामथानकाे आयोजनामा शिक्षासेवी रविदानन्द चाैधरीकाे स्मृतिमा लिग कप नक आउट प्रतियोगिता गर्न लागिएको क्लवका सल्लाहकार ध्रुवकुमार श्रेष्ठले जानकारी दिनुभयाे । ४० वर्ष नाघेका खेलाडीकाे प्रतिभालाई उजागर गर्ने उदेश्यले प्रतियोगिता गर्न लागिएको बताउनुभयाे ।

शनिबार ग्रामथान नेताचाेक स्थित क्लवकाे कार्यालयमा पत्रकार सम्मेलन गरि प्रतियोगिता असाेज २९ गते देखि ग्रामथान ७ गणेश माविकाे खेल मैदानमा शुरू हुने जनाएको छ । कात्तिक ६ गते सम्म चल्ने प्रतियोगितामा ८ वटा टिमकाे सहभागिता रहने छ ।

प्रतियोगितामा आयोजक नेता चाेक टाईगर क्लव, रंगशाला भेट्रान , विराटनगर युनाइटेड, चर्च इसाई युनाइटेड इटहरी, वराह भेट्रान बराहक्षेत्र, बाेराबाध भेट्रान बेलबारी, विराट भेट्रान क्लव विराटनगर चाेक र जनता भेट्रान सुनसरी वीच प्रतिस्पर्धा हुने क्लवका अध्यक्ष मुक्ति गच्छदारले जानकारी दिनुभयाे ।

प्रतियोगिताकाे मुख्य प्रायाेजकमा पशुपति बाेर्डिङ र सहप्रायाेजकमा थारू कल्याणकारी सभा माेरङ रहेकाे छ ।

प्रतियोगिताका विजेतालाई ३१ हजार, उपविजेतालाई २१ हजार,म्यान खअफ द म्याच फाईनललाई ७ हजार, बेष्ट प्लयर र बेष्ट किपरलाई ५ हजार र हरेक खेलकाे म्यान अफ द म्याचलाई १ हजार नगद र ट्रफि प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएकाे छ ।

प्रतियोगितामा ५ लाख ५५ हजार खर्चको हुने अनुमान गरिएकाे क्लवका सचिव अविन गिरीले जानकारी दिनुभयाे ।

पत्रकार सम्मेलनका अवसरमा सहभागी टिमवीच लक्की ड्र गरिएकाे छ । लक्की ड्र अनुसार उद्घाटन खेल आयोजक नेताचाेक टाईगर क्लव र विराटनगर युनाइटेडवीच हुनेछ ।