विपद् न्यूनिकरणका लागि पूर्व तयारी आवस्यक

विराटनगर, ७ असोज । सरकारले विपद् न्यूनिकरणका लागि पूर्व तयारी भन्दा बढी राहत र उद्धारमा खर्च गर्ने गरेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । आइतबार विराटनगरमा आयोजना गरिएको विपद् जोखिम न्यूनिकरणका लागि स्थानीयकरण र सुशासन विषयक छलफल कार्यक्रमका सहभागिहरुले पूर्व तयारीमा एक डलर खर्च गर्दा १४ डलरको उपलब्धि हासिल हुने विज्ञहरुको सुझाव कार्यान्वयन नगरेको गुनासो […]

मदन स्मृति प्रतिष्ठानको साधारणसभा आज, सभामुख घिमिरे आउँदै

विराटनगर ७ असोज । मदन भण्डारी स्मृति प्रतिष्ठानले आज २३ औं बार्षिक साधारणसभा गर्दै छ । मोरङ उर्लाबारी ३ मंगलबारेमा रहेको प्रतिष्ठानको मुख्य कार्यालयमा विहान ११ वजे २३ औं बार्षिक साधारणसभा हुन लागेको हो । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा साधारणसभा हुने प्रतिष्ठानका सचिव अग्निप्रसाद भट्टराईले जानकारी दिनुभयो । साधारणसभामा आर्थिक वर्ष २०८०–०८१ को […]

विपद् सचेतना एवं खोज तथा उद्धार तालिम

विराटनगर, ७ असोज । विपद जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने जानकारी दिन मोरङको कटहरी गाउँपालिकामा दुइदिन तालिमको आयोजना गरिएको छ । स्थानीय समुदायलाई सचेत, सजग र तालिम प्राप्त बनाउन सकिए विपद्बाट हुने जोखिम न्यूनिकरण गर्न सकिन्छ भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै कटहरी गाँउपालिका र भैरव गण थलाहा व्यारेकले कटहरीका स्थानीयहरुलाई आइतबार देखि विपद् सचेतना एवम् […]

शान्ति दिवसमा चित्रकला प्रतियोगिता

विराटनगर ७ असोज । विराटनगरमा अन्तर्रााष्ट्र्रिय शान्ति दिवसको उपलक्ष्यमा शान्ति बारे चित्रकला प्रतियोगिता र छलफल कार्यक्रम आयोजना गरिएको छ । मानव अधिकारका लागि एकल महिला समूहले शान्ति संस्कृतिको विकास गर्नु भन्ने नारा सहित आयोजना गरिएको सो चित्रकला प्रतियोगितामा ग्रामथान गाँउपालिकाको देवी माध्यमिक विद्यालयका १० जना विद्यार्थीहरुले भाग लिएका थिए । उनीहरुले शान्ति बारे चित्र कोरेर […]

कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन

विराटनगर ६ असाेज । कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन भएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सत्तापक्षको संयुक्त संसदीय दलको बैठकले न्यूनतम साझा कार्यक्रम तय गर्न ६ सदस्यीय कार्यदल गठन गरेको हो । काँग्रेस र एमालेको कोशी प्रदेश संसदीय दलको संयुक्त बैठकले गठन गरेको कार्यदलमा प्रदेश सरकारका आर्थिक मामिला […]