विराटनगरका १७ वटा बालविकास केन्द्र सामुदायिक विद्यालयमा गाभिए

विराटनगर १८ असोज । विराटनगर महानगरपालिकाले १७ वटा बालविकास केन्द्रलाई विभिन्न सामुदायिक विद्यालयमा समायोजन गरेको छ । महानगरको शुक्रबार बसेको शिक्षा समितिको बैठकले बालविकास केन्द्रका दरबन्दी महानगरमा पुलमा राखी बालविकास सहजकर्ताहरूलाई विभिन्न सामुदायिक विद्यालयमा काजमा खटाएको छ । समुदायमा रहेर सञ्चालित बालविकास केन्द्रहरूमा विद्यार्थी संख्या ज्यादै न्यून हुनुका साथै विद्यार्थीको उपस्थितिसमेत नियमित नभएका कारण समितिको […]

‘कण’को अध्यक्षमा दिप

बेलबारी १८ असोज । कण लघुकथा मञ्च, बेलबारी, मोरङको प्रथम साधारण सभाले दिपकुमार मङ्ग्रातीलाई अध्यक्षतामा निर्वाचित गरेको छ । कोशी प्रदेशकाले मात्र साधारण सदस्य तथा देशभरका लघुकथाकार/साहित्यकारहरूले आजीवन सदस्य बन्न पाउने व्यवस्था रहेको मञ्चको उपाध्यक्षमा उमा सिजापती, सचिवमा शारदा दहाल भण्डारी, सहसचिवमा पवित्रा सापकोटा र कोषाध्यक्षमा कुमार श्रेष्ठ रहेका छन् । सदस्यहरूमा विष्णु भण्डारी आचार्य, […]

दशैंको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा गरिदै

विराटनगर १८ असोज । बडादशैंको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा हुदैंछ । बडादशैं अन्तरगत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा हुन लागेको हो । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन […]

बेलबारीमा पैनीले बगाएर नाबालकको मृत्यु

विराटनगर १७ असाेज । मोरङको बेलबारीमा पैनीले बगाएर बिहीबार नाबालकको मृत्यु भएको छ । बेलबारी नगरपालिका–८ बरियातीझारका मेघराज कटुवालका २ वर्षीय छोरा दिप्सन कटुवालको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए । उनका अनुसार घरदेखि करिब १ किलोमिटर दक्षिणमा रहेको धानखेतमा बिहान ११ः३० बजेतिर दिप्सनको शव फेला परेको हो । घरनजिकको पैनीले […]

दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयन : कोशीमा प्रदेश र १४ जिल्ला निर्देशक समिति गठन

विराटनगर- नेपाल सरकारले संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद्बाट पारित महिला, शान्ति र सुरक्षा सम्वन्धि प्रस्ताव नं. १३२५ र १८२० का प्रस्तावहरु कार्यान्वयनका लागि २०८९ असोज ७ गतेदेखि लागु हुनेगरी २०७९-०८० देखि २०८१-०८२ तीन बर्ष दोस्रो कार्ययोजना कार्यान्वयनमा ल्यायो । दोस्रो कार्ययोजना कार्यान्वयनमा आएको २०८१ असोज ७ गते दुई वर्ष भइसकेको छ । कार्ययोजनाको बाँकी अवधि अब […]