दुहवीबाट हराएकी नाबालिका विराटनगरमा भेटिइन, बन्धक बनाउने ३ जना पक्राउ

विराटनगर १६ साउन । सुनसरीको दुहवीबाट हराएकी एक नाबालिकालाई विराटनगरमा बन्धक बनाएर राखिएको अवस्थामा भोलिपल्ट फेला पारिएको छ । बन्धक बनाएर राखेको ठाउँबाट प्रहरीले नाबालिकालाई बुधबार बिहान सकुशल उद्धार गरेको छ । बन्धक बनाएर राख्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । दुहवी नगरपालिका–१० डुम्राहाकी ६ वर्षीया नाबालिका मंगलबार दिउँसो ३ बजेतिर हराएकी थिइन् । […]

हिट एक्सन प्लान मस्यौदा हस्तान्तरण

विराटनगर १६ साउन । तराई क्षेत्रमा वढद् तापमानको लहरले मानव स्वास्थ्यसहित पशुस्वास्थ्य र वनस्पतिमा पर्ने असर न्यूनीकरण गर्न नेपाल रेडक्रस सोसाइटीले विराटनगर महानगरपालिकालाई हिट एक्सन प्लानको मस्यौदा प्रतिवेदन आज हस्तान्तरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी मोरङका सभापति सुवोधकुमार सिंहले विराटनगर महानगरलाई पहिलो प्राथमिकतामा राखेर तयार गरिएको मस्यौदा प्रतिवदेन विराटनगर महानगरका प्रमुख नागेश कोइरालालाई आज […]

कोशी प्रदेशमा तीन महिनाको अवधिमा मानव अधिकारका घटनामा ४ सय १४ जना पीडित

विराटनगर १६ साउन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेशले सन् २०२४ को दोस्रो त्रैमासिक (अप्रिल देखि जुनसम्म) को अवधिको मानव अधिकार अवस्था आज सार्वजनिक सार्वजनिक गरेको छ । कोशी प्रदेशका १४ ओटै जिल्लाका इन्सेक जिल्ला प्रतिनिधिहरूबाट सङ्कलन गरिएका घटनाहरूको आधारमा सन् २०२४ को अप्रिल १ देखि जुन ३० सम्म अर्थात् ०८० चैत १९ […]

जनमुखी कार्यक्रमहरु कटौति गरिएकोप्रति पूर्वमुख्यमन्त्री कार्कीको असन्तुष्टी

विराटनगर १६ साउन । प्रदेश सरकार फेरबदलसंगै जनमुखी कार्यक्रमहरु कटौति गरिएको भन्दै कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले असन्तुष्टि ब्यक्त गर्नुभएको छ । आज पत्रकार सम्मेलन मार्फत पूर्वमुख्यमन्त्री कार्कीले वर्तमान सरकारले कार्यकर्तामूखी योजनालाई प्राथमिकतामा राख्दै जनतालाई प्रत्यक्ष लाभ हुने कार्यक्रमहरु रोकर अन्याय गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ अहिलेको सरकारले कार्यकर्तामूखी योजनालाई जोडदिँदै २५ हजार रुपैया बजेटसम्मको […]

लैङ्गिक हिंसापीडितको न्यायमा पहुँच अभिवृद्धि : नीति समिक्षा तथा सुझावहरू सम्बन्धि अन्तरक्रिया

विराटनगर १५ साउन । विराटनगरमा लैङ्गिक हिंसापीडितको न्यायमा पहुँच अभिवृद्धि : नीति समिक्षा तथा सुझावहरू सम्बन्धि अन्तरक्रिया कार्यक्रम भएको छ । मंगलबार सामाजिक विकास मन्त्रालय कोशी प्रदेश र जुरी नेपालको आयोजना तथा यु.एन.एफ.पि.ए.को सहयोग र सहकार्यमा कार्यक्रम भएको हो । लैङ्गिक हिंसा विरुद्धमा भएका मौजुदा कानुनको समिक्षा र कार्यान्वयनको अवस्थाको विषयमा अधिवक्ता मोहनलाल आचार्यले प्रतिवेदन […]