
विराटनगर २ जेठ । नेकपा एमाले विराटनगर महानगर कमिटीले रक्तदान कार्यक्रम गर्ने भएकाे छ ।
तत्कालीन पार्टी महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितकाे ३२ औं स्मृति दिवसकाे अवसरमा रक्तदान कार्यक्रम गर्न लागिएको महानगर कमिटी सचिव विज्ञान शर्माले जानकारी दिनुभयाे ।
जिल्ला पार्टी कार्यालय पाञ्चालीमा जेठ ३ गते शनिबार विहान साढे ७ वजेदेखि कार्यक्रम शुरू हुने उहाले बताउनुभयाे ।
रक्तदान कार्यक्रममा सहभागी हुन पार्टी नेता कार्यकर्ताहरूलाई पत्राचार गरिएकाे सचिव शर्माले जानकारी दिनुभयाे ।