मदन- आश्रित स्मृति दिवसमा एमाले विराटनगरकाे रक्तदान

विराटनगर ३ जेठ । नेकपा एमाले विराटनगर महानगर कमिटीले आज आयोजना गरेकाे रक्तदान कार्यक्रममा २९ पिन्ट रगत संकलन भएकाे छ ।

मदन-आश्रितकाे ३२ औं स्मृति दिवसकाे अवसरमा जिल्ला पार्टी कार्यालय पाञ्चालीमा आयोजित रक्तदान कार्यक्रममा २९ पिन्ट रगत संकलन भएकाे महानगर कमिटी सचिव विज्ञान शर्माले जानकारी दिनुभयाे ।

रक्तदान कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा माेरङ इन्चार्ज जीवन घिमिरे, केन्द्रीय सदस्य रामलाल साह, एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य विनाेद ढकाल, एमाले महानगर इन्चार्ज पर्शुराम बस्नेत लगायतका नेताहरूकाे उपस्थित रहेकाे थियाे ।

कार्यक्रममा रक्तदान गर्नेहरूलाई प्रशंसा पत्र प्रदान गरिएकाे थियाे ।
रक्तदान कार्यक्रम अघि पार्टी कार्यालय परिषरमा रहेकाे मदन भण्डारीकाे प्रतिममामा माल्यार्पण गरिएको थियाे ।