२ महिनामा बाढी–पहिरोसहितका विपदमा परेर १९० को मृत्यु

विराटनगर ३ भदौ । दुई महिनामा बाढी पहिरोलगायतका विपद्मा परेर १९० जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार, सोमबार दिउँसोसम्म विभिन्न विपद्मा परेर काठमाडौं उपत्यकामा ३, कोशी प्रदेशमा २७, मधेश प्रदेशमा ८, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १५ जनाको मृत्यु भएको छ । देशभर […]

आज जनैपूर्णिमा, रक्षाबन्धन धारण गरि क्वाँटी खाने दिन

विराटनगर ३ भदौ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा, रक्षाबन्धन पर्व मनाउने गरिन्छ । यस दिन नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरिन्छ । हिन्दू वैदिक सनातन धर्मावलम्बीले आज नदी, ताल वा पोखरीमा स्नान गरि गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्ने गर्दछन् । रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि […]

कोशी प्रदेशसमा सडक गुरुयोजना बनाइने

विराटनगर २ भदाै । कोशी प्रदेश सरकारले प्रादेशिक सडकसञ्जाल गुरुयोजना बनाएर काम गर्ने तयारी थालेको छ । सडकको पहिचान गरी वर्गीकरण गर्ने र त्यसका आधारमा प्राथमिकिकरण गरेर सडक सञ्जाल बनाउने तयारी सुरु गरिएको हो । कोशी प्रदेशमा प्रादेशिक लोकमार्ग, सहायक लोकमार्ग, प्रदेशिक सडक र अन्य सडक गरेर करिब ६ हजार किलोमिटरको सडकसञ्जालको गुरु योजना बनाउन […]

ब्रिज इन्टरनेशनलकाे ’ छैठौं शाखा विराटनगरमा

विराटनगर ,१ भदौ । ब्रिज इन्टरनेशनल कन्सलटेन्सीको शाखा कार्यालय विराटनगरमा–१० मा आजदेखि संचालनमा आएको छ । विराटनगरमा एक विशेष कार्यक्रम आयोजना गरी उक्त उक्त्त कन्सलटेन्सी खुलेको छ। ब्रिज इन्टरनेशनलको उद्घाटन नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष शेषराज भट्टराईले गर्नु भयो । आगामी एक महिना भित्र ब्रिजले आफ्नो शाखा नेपालगन्ज, धुलाबारी र काठमाडौमा खोल्ने कार्यक्रम रहेको सोही […]

सुनसरीकाे धरानबाट ९ जना सडकआश्रित बालककाे उद्वार

विराटनगर १ भदौ । सुनसरीकाे धरानबाट शुक्रबार राती ९ जना सडकआश्रित बालककाे उद्वार गरिएकाे छ । धरानवाट धरान उपमहानगरपालिका, बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ कोशी प्रदेश, ईलाका प्रहरी कार्यालय धरानसँगको सहकार्यमा उद्वार प्रदेश समन्वय अधिकृत सुमन अधिकारीले जानकारी दिनुभयाे । सडक बालबालिकाको खोजि, निगरानी र उद्धार कार्यक्रम ९ जना सडक आश्रित बालकहरुलाई उद्धार गरिएको […]