विराटनगर २५ फागुन । ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित अन्तरपालिका स्तरीय विवाहित महिला शिक्षकहरुको वतृत्वकला प्रतियोगितामा सत्यनारायण मावि विराटनगरकी कल्पना तिम्सिना प्रथम हुनु भएको छ । मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानीयतहका प्रतियोगीहरुलाई पछि पार्दै तिम्सिना प्रथम हुनु भएको हो । त्यसैगरी पब्लिकमावि ग्रामथानकी शशिकला थापा द्वितीय र वुद्धेश्वर मावि जहदाकी मधु झाले […]
विराटनगर, २१ फागुन । कोशी प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगितामा शिक्षादीपकलेज विराटनगरले प्रथम स्थान हासिल गरेको छ । काठमाण्डौमा अवस्थित प्रि इन्जिनियरिङ पढाइ हुने संस्था पीईए र मनमोहन प्राविधिक विश्वविद्यालयको संयुक्त आयोजनामा भएको सो प्रतियोगितामा सहभागी ३२ वटा समूहलाई पछि पार्दै शिक्षादीप कलेजबाट सहभागी भएका दुई वटा समूहले नै प्रथम र द्वितीय स्थान हासिल गरेका थिए […]
विराटनगर १८ फागुन । कोशी प्रदेशका स्वास्थ्य मन्त्री प्रदीप सुनुवारले खेलकुद क्षेत्रको विकासका लागि सरोकारवाला निकायसंग छलफल गरि बजेट तयार पार्ने बताउनु भएको छ । आज मोरङको मिक्लाजुङ गाउपालिकास्थित मनोहर जनता माविमा अन्तरपालिका जिल्लास्तरीय १४ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री सुनुवारले खेलक्षेत्रलाई ब्यवसायिक रूपमा अघि बढाउन प्रदेश सरकार तयार रहेको बताउनुभयो । […]
विराटनगर १० फागुन । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले कम्प्यूटर प्रविधिको उत्कृष्ट शिक्षा प्रदान गर्नका लागि डिजी स्कुलसँग सहकार्यका लागि सम्झौता गरेको छ । यूकेको एनसीसी सर्टिफाइड (प्रमाणित) डिजी स्कुलको कोर्षलाई आउँदो शैक्षिकसत्रबाट अध्ययापन सुरु गर्न एभरेष्ट स्कुलले सम्झौता गरेको हो । फागुन ७ गते एभरेष्ट कार्निभलको दौरान घोषणा गर्नुभएका प्रिन्सिपल पुरीले तीन दिन […]
विराटनगर ७ फागुन । एभरेष्ट स्कुल विराटनगर ५ ले आयोजना गरेको एभरेष्ट कार्निभल २.० आज सम्पन्न भएको छ । फागुन ५ देखि सुरु भएको कार्निभल आज विविध कार्यक्रमका साथ सम्पन्न भएको हो । एभरेष्ट कलेजको फुटबल मैदानमा आयोजित कार्यक्रममा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुले आफूहरुले सिकेका विज्ञानसम्बन्धि विभिन्न अन्वेशणहरुलाई प्रदर्शनीमा राखेका थिए । विभिन्न […]