सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारसम्बन्धी अन्तरक्रिया

विराटनगर १४ कात्तिक । विराटनगर महानगरपालिका वडा नम्बर ११ को आयोजनामा सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारसम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । अन्तरक्रियामा सहभागीहरुले अभिभावक, विद्यार्थी र शिक्षक आ–आफ्नो ठाउँबाट जिम्मेवार भएमा सामुदायिक विद्यालयहरुको शैक्षिक सुधार गर्न सकिने बताएका थिए । कार्यक्रमका विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गर्न महानगर लागिपरेको बताउनुभयो । […]

पूर्वाञ्चल विश्वविद्यालयमा वृत्ति विकासको काम छिट्टै अघि बढ्ने

विराटनगर २२ असोज । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. डा. महेश दाहालले प्राध्यापक र कर्मचारीको वृत्ति विकासको प्रकृया दशैं तिहार पछि शुरू गर्ने बताउनु भएको छ । पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघ केन्द्रीय समितिले सोमवार विराटनगरमा गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शिक्षक तथा कर्मचारीको वृत्ति विकासका विषयमा आयोग सवेदनशील भएको बताउनुभयो […]

संविधान दिवसका अवसरमा कलेज अफ ल मा वादविवाद प्रतियोगिता

विराटनगर ३ असोज । संविधान दिवसका अवसरमा पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल ले वादविवाद प्रतियोगिता गरेको छ । वादविवाद प्रतियोगितामा रञ्जित लावती प्रथम र प्रवेश दाहाल द्वीतिय भएका छन् । त्यस्तै, लोकेन्द्र श्रेष्ठ तृतिय भएका छन् भने निमु शेर्पाले सान्त्वना पुरस्कार पाएकी छिन् । संघीयता अवसर हो भन्ने पक्षमा सात जना र संघीयता चुनौती हो […]

निबन्धमा शिक्षादीपका एन्जल र सुगम प्रथम

विराटनगर ३ असोज । राष्ट्रिय शिक्षा दिवसका अवसरमा कोशी प्रदेश सरकारद्वारा आयोजित निबन्ध प्रतियोगितामा छात्रा र छात्र दुवै तर्फ विराटनगरको शिक्षादीप मावि प्रथम भएको छ । शिक्षादीपका विद्यार्थीहरु छात्रातर्फ कक्षा १२ विज्ञान समूहकी एन्जल राई र छात्रमा कक्षा ११ विज्ञान समूहकै सुगम ढकाल प्रथमभएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । उक्त प्रतियोगितामा छात्रामा विकेभिएम विराटनगरकी स्वीकृति […]

विराटनगरका छात्रासँग उपप्रमुख कार्कीले भन्नुभयो,‘ शिक्षक र अभिभावकलाई भन्न नसके मलाई भन्नुहोस् ’

विराटनगर ९ साउन । विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले छात्राहरुलाई समस्याहरु नलुकाउन आग्रह गर्नु भएको छ । समस्याहरु विद्यालयमा शिक्षकलाई, घरमा अभिभावकलाई पनि भन्न सक्नु भएन भने आफुलाई भन्न आग्रह गर्नुभयो । उपप्रमुख कार्कीले भन्नुभयो,‘ तपाईंहरुलाई कुनै समस्या भए शिक्षकलाई भन्नुहोस्, शिक्षकलाई भन्न सक्नु भएन भने घरमा अभिभावकलाई भन्नुहोस् अनि अभिभावकलाई पनि भन्न सक्नु […]