विराटनगर ६ वैशाख । तेली साह समाज मोरङ जहदाको ८ औं साधारण सभा आज सम्पन्न भएको छ । जहदा गाउँपालिका वडा नं. ३ मा अवस्थित तेली साह समाज जहदाले ८ औं साधारण सभा सम्पन्न गरेको हो । साधारणसभाले १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिमा अध्यक्षमा सोहितकुमार साह, उपाध्यक्षमा रामदेव साह, सचिवमा […]
विराटनगर ६ वैशाख । एमाले विराटनगर ४ वडा कमिटीले माथिल्लो कमिटीका नेताहरुलाई सम्मान गरेको छ । विराटनगर ४ बाट माथिल्लो कमिटी ( महानगर, जिल्ला, प्रदेश कमिटी) मा निर्वाचित नेताहरुलाई सम्मान गरिएको वडा कमिटी अध्यक्ष नवराज काफ्ले जानकारी दिनुभयो । माथिल्लो कमिटीमा निर्वाचितहरुलाई सम्मान गर्दै आफु वडा कमिटीको जिम्मेवारीबाट अलग भएको उहाँले बताउनुभयो । माथिल्लो कमिटीमा […]
विराटनगर ६ वैशाख । नेकपा एमाले विराटनगर महानगरकमिटीको दोश्रो अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको आज सपथग्रहण भएको छ । एमाले मोरङ पार्टी कार्यालय पाञ्चालीमा आयोजित कार्यक्रममा नवनिर्वाचित कमिटीको सपथग्रहण गराईएको थियो । सपथग्रहण कार्यक्रममा महानगरकमिटीका अध्यक्ष बलराज गिरी (नविन) ले महानगर कमिटी एक ढिक्का भएर अघि बढ्ने बताउनुभयो । निर्वाचनमा प्रतिष्पर्धा भएपनि महानगर कमिटीले सवैलाई […]
विराटनगर ६ वैशाख । विराटनगर ट्रक व्यवसायी संघको १७ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम शुक्रबार साँझ सम्पन्न भएको छ । चैत २९ र ३० गते विराटनगरमा सम्पन्न ३३ औं बार्षिक साधारणसभा तथा १७ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम गरिएको हो । पदस्थापन कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सञ्जीव सिग्देलले विराटनगर ट्रक व्यवसायी संघलाई नयाँ गति […]
विराटनगर ६ वैशाख । नेकपा एमाले विराटनगर महानगर कमिटीको उपाध्यक्षको प्रत्यासी राम पोखरेलले पराजय राजनीतिक यात्राको अन्त्य नभएको बताउनु भएको छ । उहाँले पराजयलाई अवसरको रुपमा लिनुपर्ने बताउनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो पक्षमा मतदान गर्नेप्रति आभार व्यक्त गर्दै पोखरेलले भन्नुभएकोछ,‘ राजनीतिक यात्रामा हारलाई अन्त्य होइन, नयाँ सुरुवातको अवसर ठान्दछु ।’ महानगर कमिटीको […]