सुवेदी समाजको अध्यक्षमा कविराज सुवेदी

विराटनगर ११ जेठ । खोटाङ अर्खौले सुवेदी समाजको अध्यक्षमा कविप्रसाद सुवेदी चयन भएका छन् । खोटाङ अर्खौले सुवेदी समाजको विहीबार विराटनगरमा भएको छलफलले पुनर्गठीत कार्यसमितिको अध्यक्षमा कविप्रसाद सुवेदीलाई सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा चित्रकुमार सुवेदी, सचिवमा गोविन्द सुवेदी, सह–सचिवमा तुलसी सुवेदी, कोषाध्यक्षमा गोपाल सुवेदी र सह–कोषाध्यक्षमा सृजना सुवेदी चयन भएकी छिन् । समितिको […]

पत्रकार महासंघ मोरङको १४ औं जिल्ला अधिवेशन जेठ १९ गते हुने

विराटनगर १० जेठ । नेपाल पत्रकार महासंघ मोरङको १४ औं जिल्ला अधिवेशन आगामी जेठ १९ गते हुने भएको छ । पत्रकार महासंघ मोरङको आज विराटनगरमा बसेको २२ औं बैठकले जिल्ला अधिवेशन जेठ १९ गते विराटनगरमा गर्ने निर्णय गरेको हो । बैठकले साधारणसभाका अवसरमा अग्रज पत्रकारहरुलाई पनि सम्मान गर्ने निर्णय गरेको छ । विश्व प्रेस स्वतन्त्रता […]

मदरल्याण्ड एकाडेमीमा नृत्य प्रतियोगिता

विराटनगर १० जेठ । विराटनगरस्थित मदरल्याण्ड एकाडेमीमा नृत्य प्रतियोगिता आयोजना गरेको छ । स्कुल परिसरमा आज बुद्ध जयन्तीको अवसर पारेर नृत्य प्रतियोगिता आयोजना गरेको हो । नृत्य प्रतियोगिताको प्रथम उर्वी काफ्ले, अलिशा श्रेष्ठ, अनुस्का मण्डल, श्रेया कोइराला, युनिका घिमिरे र सुभेक्षा घिमिरेको समूह भयो । उनीहरुले नेवारी पहिरन लगाएर सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । […]

ईडेनवर्ग कलेजद्धारा विद्यार्थीको स्वागत र विदाई

विराटनगर १० जेठ । विराटनगर ९ स्थित ईडेनवर्ग कलेजले विद्यार्थीहरुको स्वागत तथा विदाई कार्यक्रम एकै पटक गरेको छ । कलेजले बिबिएस र बिबिएमा अध्ययन पुरा गरेका विद्यार्थीहरुको विदाई तथा सोहि संकायमा भर्ना हुन आएका नयाँ विद्यार्थीहरुलाई स्वागत कार्यक्रम गरेको हो । विराटनगरमा आज एक कार्यक्रम आयोजना गर्दै विद्यार्थीहरुको स्वागत तथा विदाई गरिएको हो । कार्यक्रमकाबीच […]

प्रेस यूनियन कोशीद्धारा अग्रज पाँच सञ्चारकर्मी सम्मानित

विराटनगर १० जेठ । नेपाल प्रेस यूनियनको ३३ औं स्थापना दिवसको उपलक्ष्यमा आज विराटनगरमा तीन दशकभन्दा वढी कार्य गर्ने पाँच जना संचारकर्मीहरुलाई सम्मान गरिएको छ । युनियनको कोशी प्रदेश कमिटीद्वारा आयोजित उक्त कार्यक्रममा सम्मानित हुने सञ्चारकर्मीहरु गोविन्द क्षेत्री, गिरिराज आचार्य, हर्ष सुव्वा , भारतीय उपाध्याय र कृष्ण आचार्यलाई दोसल्ला एवं प्रमाणपत्रद्वारा सम्मान गरिएको छ । […]