बाढी पहिरोका कारण कोशी प्रदेशमा मृत्यु हुनेको संख्या ५२ पुग्यो

विराटनगर २० असोज । शुक्रबार र शनिबार आएको भारी वर्षापछिको बाढीपहिरोका कारण कोशी प्रदेशमा मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।
इलाममा पहिरो र बाढीमा परेर मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

पाँचथरमा ८, उदयपुरमा ३, खोटाङमा २, सुनसरी र मोरङमा १–१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।