महिला उद्यमीहरुको वृद्धिका लागि आवश्यक नीति ल्याईने छ : मुख्यमन्त्री कार्की

विराटनगर १४ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महिला उद्यमीको विकासलाई अगाडि वढाउन आवश्यक सहयोग एवं प्रोत्साहन प्रदान गर्ने बताउनु भएको छ । मोरङ उद्योग व्यापार संघ महिला उद्यमी समितिद्वारा तीजको उपलक्ष्यमा विराटनगर–९स्थित सिटी प्यालेसमा आयोजना गरिएको तीन दिने ‘नारी उत्सव–२०८१ व्यापार मेलाको उद्घाटन गर्दै प्रदेश सरकारले यस वर्ष आयोजना गर्ने लगानी सम्मेलनमार्फत यस […]

कोशीमा माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

विराटनगर १४ भदाै । नेकपा (माओवादी केन्द्र)ले नेकपा (एमाले) नेतृत्वको कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीको प्रदेश संसदीय दलको बैठकपछि शुक्रबार माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । समर्थन कायमै राखेर माओवादी गत साउन ११ गते सरकारबाट बाहिरिएको थियो । सरकारबाट बाहिरिएको १ महिनापछि माओवादीले समर्थन पनि फिर्ता लिएको छ […]

स्वास्थ्य बीमालाई पाँच लाख पुर्याइने : मन्त्री पौडेल

विराटनगर १३ भदौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई रु पाँच लाख पुर्याउने बताउनु भएको छ । कोशी अस्पताल विराटनगर र विस्तारित सेवा प्रदान गर्ने भक्तपुर क्यान्सर अस्पताल बीच आजसम्झौता पत्र हस्ताक्षर समारोहमा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री पौडेलले सङ्घ, प्रदेश र स्थानीय पालिकाले स्वास्थ्य सेवामा दिने रकम रु ३१ अर्वलाई […]

८९ वर्षीय अधिकारीका तीनवटा पुस्तकको विमोचन

विराटनगर १३ भदौ । विराटनगर १ पोखरियाका पंं. भीमप्रसाद अधिकारीका तीनवटा पुस्तकको आज विमोचन गरिएको छ । ८९ वर्षीय अधिकारीका कृतिहरु सनातन धर्मगुटिका, जीवन दर्पण साथै हरिलीलाको दर्शन र श्रीमद्भावगत महापुराणको नेपालीमा पद्यनुवाद गरिएको पुस्तककको विमोचन गरिएको हो । श्रीमद्भावगत महापुराणको नेपालीमा पद्यनुवाद पं. अधिकारीसँगै धर्माचार्य कृष्णप्रसाद गुराँगाईले गर्नु भएको थियो । तीनवटै पुस्तकको लेखक […]

कोशी रिफ्रेसमेन्ट सेन्टर परियोजनाको मुख्यमन्त्री कार्कीद्वारा अनुगमन

सुनसरी १३ भदाै । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको कोशी गाउँपालिकामा निर्माणाधीन कोशी रिफ्रेसमेन्ट सेन्टर परियोजनाको अनुगमन गर्नुभएको छ । प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको आयोजनाको पहिलो चरणको काम भइरहेको छ । यो परियोजना कोशी व्यारेज पूर्वपट्टी पुर्वपश्चिम राजमार्गमा रहेको छ । २२ विगाहा १२ कठ्ठा क्षेत्रफलमा निर्माणाधीन सेन्टरमा १ सय ७५ वटा बस […]