‘प्रेमको प्रतिक भगवान कृष्ण’ मञ्चन गर्दै विद्यालय नाटक महोत्सव आज सकिने

विराटनगर, ३१ भदौ । विराटनगरमा जारी विद्यालय नाटक महोत्सव आज सकिदैछ । भदौ २२ गतेदेखि शुरु भएको महोत्सवमा आज अन्तिम दिन श्री श्री रविशंकर विद्या मन्दिरले प्रेमको प्रतीक–भगवान् कृष्ण मञ्चन गर्नेछ । अपराह्न ४ बजे उक्त नाटक मञ्चनसँगै महोत्सव विधिवत रुपमा समापन हुने आयोजक आरोहण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताउनुभयो ।हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा विहिबार […]

मोरङ ३ : राप्रपा उम्मेदवार रेखा थापाको क्रेज बढ्दो

मोरङ, २९ भदौ । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट राप्रपाबाट प्रतिनिधि सभा चुनाबमा सिफारिस भएकी चर्चित नायिका तथा नेतृ रेखा थापाप्रति गाउँलेहरुको आकर्षण देखिएको छ । थापा पहिलो पटक प्रतिनिधि सभा प्रत्यक्षतर्फ चुनावी प्रतिस्पर्धामा छिन् ।चुनावी अभियान अन्तरगत उनले निर्वाचन क्षेत्र मोरङ ३ मा पर्ने पथरीशनिश्चरे,कानेपोखरी,बेलबारी र सुन्दर हरैचाका मतदातासँग भेटघाट गरिन । उनले […]

पूर्वाञ्चल बाल आश्रममा राष्ट्रिय बालदिवस मनाईयो

विराटनगर २९ भदौ । विराटनगर स्थित पूर्वाञ्चल बालआश्रमले पनि राष्ट्रिय बालदिवस मनाएको छ । दिवसका अवसरमा आश्रम परिसरमा सम्मान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा आश्रमलाई सहयोग गर्ने उद्योगी श्रीनिवास सारडा र डा. अमितप्रताप साहलाई सम्मान गरिएको थियो । डा. साहले समय–समयमा आश्रमका बालबालिकाहरुको निःशुल्क रुपमा दन्त परीक्षण गर्दै आउनु भएको छ । […]

विद्यालय नाटक महोत्सवमा सुसंस्कृतम् मञ्चन

विराटनगर २९ भदौ । विराटनगरमा जारी विद्यालय नाटक महोत्सवको आठौँ दिन सुसंस्कृतम् मञ्चन भएको छ ।हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा विराटनगरको श्री लक्ष्मीनारायण वेद विद्याश्रमले संस्कृत र नेपाली भाषामा नाटक मञ्चन गरेको हो । डा. यतिराजाचार्यद्धारा लिखित तथा राजन पोखरेलद्धारा निर्देशित उक्त नाटकले संस्कृत भाषाको विशाल परिधीका साथसाथै पूर्विय दर्शनको महत्वलाई देखाएको थियो । नाटकमा गणेश […]

विद्यालय नाटक महोत्सव : कोही किन बर्बाद होस् मञ्चन, बुधबार सुसंस्कृतम्

विराटनगर, २८ भदौ । विराटनगरमा जारी विद्यालय नाटक महोत्सवको सातौँ दिन कोही किन बर्बाद होस् मञ्चन भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा विराटनगरको मोर्डन एरा बोर्डिङ स्कुलले विजय मल्लद्धारा लिखित नाटक मञ्चन गरेको हो । नाटकले विद्यालय तथा शिक्षकहरुले मनावैज्ञानिक हिसाबले विचालित बालबालिकाहरुको अभिभावकत्व ग्रहण गर्दै उनीहरुको भविष्य निर्माणमा पुर्याउनसक्ने सकारात्मक प्रभावकहरुलाई सुन्दर ढंगले […]