कक्षा १० को परीक्षा प्रदेश स्तरबाटै गर्न नीतिगत व्यवस्था गरिने

विराटनगर १ असार । कक्षा १० को परीक्षा प्रदेश स्तरबाटै गर्नका लागि नीतिगत र संरचनागत व्यवस्था गरिने भएको छ ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले आज प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट प्रस्तुत गर्दै प्रदेशस्तरबाट परीक्षा सञ्चालनका लागि नीतिगत र संचनागत कार्यका लागि आवस्यक बजेट विनियोजन गरेको बताउनुभयो ।

मन्त्री रानाले प्रदेशको गौरवको शैक्षिक संस्थाका रुपमा विकास गर्न आवस्यक बजेटको व्यवस्था गरिएको बताउनुभयो ।