विराटनगर, ७ असोज । अपाङ्गता भएका व्यक्तिको प्रादेशिक नीति मस्यौदाबारे आज विराटनगरमा छलफल गरिएको छ । प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालयले तयार पारेको मस्यौदाबारे राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ ले सरोकारवालावीच अन्र्तक्रिया कार्यक्रम गरेको हो । छलफलमा सहभागिहरुले प्रादेशिक नीतिमा स्थानीय तहहरुमा अपाङ्गता भएका व्यक्तिहरुको नीति बनाउन निर्देशित गर्नुपर्ने, सहायक सामाग्री बैंकको स्थापना हुनुपर्ने, […]
विराटनगर, ६ असोज । प्रदेश नं. १ मा मैथली र लिम्वु भाषालाई सरकारी कामकाजको भाषाका रुपमा लागु गर्नका लागि गठित कार्यदलले प्रारम्भिक विधेयकको मस्यौदा आज संस्कृति तथा पर्यटन मन्त्री खिनु लङ्वालाई हस्तान्तरण गरेको छ । मस्यौदा ग्रहण गर्दै मन्त्री लङ्वाले भाषा आयोगको सिफारिसमा गठित कार्यदलले लिम्वु र मैथली भाषालाई सरकारी काजकाजको भाषाका रुपमा प्रयोग गर्नका […]
विराटनगर, ६ असोज । नेपालले मानव अधिकारसम्बन्धी महत्वपूर्ण महासन्धीहरूमा हस्ताक्षर गरेर मानव अधिकार संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनका लागि सकारात्मक प्रयास गरेपनि नेपालको मानव अधिकार उल्लेखनीय रूपमा सम्बोधन हुन नसकेको प्रदेश १ सामाजिक विकास मन्त्री राजन राईले बताउनु भएको छ । विहिवार विराटनगरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ले आयोजना गरेको मानव अधिकारको पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा […]
विराटनगर, ५ असोज। जीवन विकास डेरी प्रोडक्टका उत्पादनमा लापरवाही भएको पाईएको छ । विराटनगर १ मा रहेको डेरी प्रोडक्ट उद्योगको विराटनगर महानगरपालिकाले आज अनुगमन गरेको छ । अनुगमनका क्रममा सामान्य स्वाथ्य सावधानी पनि नपनाई खाध्य सामाग्रीहरु उत्पादन गरिरहेको पाईएपछि नियन्त्रणमा लिएर नष्ट गरिएको छ ।उद्योगको दुग्ध भण्डारण कक्ष फोहोर रहेको, कामदारले प्लाष्टिकको भाडोमा हातले दूग्ध […]
विराटनगर, ५ असोज । यौनिक तथा लैगिंक अल्पसख्यक समुदायले संविधानमा लेखिएको अधिकार कार्यान्वयन नहुदा नेपाली नागरिकक्ता पाउनवाट आफुहरु वन्चित भएको गुनासो गरेका छन । विराटनगरमा आज आयोजित कार्यक्रममा उनीहरुले राजनितिकदलहरुले भोट वैंकको रुपमा मात्र प्रयोग गरेको भन्दै आफुहरुलाई पनि राजनितिक तहमा सहभागी गराउन आग्रह गरेका छन । मंसिर–४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुदैछ निर्वाचनमा […]