न्यायाधीश नियुक्त छिट्टै हुन्छ : प्रधानन्यायाधीश कार्की

विराटनगर २४ असार । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधशी नियुक्ति छिट्टै हुने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले निर्वाचन, सरकार निर्माण र कानूनमन्त्री नियुक्त जस्ता विविध कारणले बैठक वस्न ढिलो भएको र अव चाडै न्यायाधीश नियुक्त हुने प्रष्ट पार्नु भयो । प्रधानन्यायाधीश कार्कीले न्यायपरिषदको संरचनामा केही परिवर्तनको आवश्यक्ता विषयमा विभिन्न कोणबाट […]

कोशी प्रदेश सरकार गठन विरुद्ध परेको रिटमा आज सुनुवाइ हुन सकेन, भोली पुन : पेशी तोकियो

विराटनगर २४ असार । कोशी प्रदेश सरकार गठन विरुद्ध परेको रिटमा आइतबार सुनुवाइ हुन सकेन । सभामुखको हस्ताक्षरका आधारमा सरकार गठन गरिनु असंवैधानिक कदम भन्दै कोशी प्रदेश सभामा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मत कार्कीले सर्वाेच्चमा रिट दिनु भएको थियो । उहाँको रिटमाथि आज न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ तोकिएको थियो । तर, समय नपुगेपछि […]

कोशीका मुख्यमन्त्रीको नियुक्तिविरुद्ध एमालेद्धारा सर्वाेच्चमा रिट दायर

विराटनगर २२ असार । कोशी प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति विरुद्ध सर्वाेच्च पुगेको छ । आज शुक्रबार एमाले संसदीय दलका नेता हिक्मत कार्कीले सर्वाेच्चमा रिट दायर गरेको नेकपा एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिनुभयो । संविधानको धारा १६८ को २ अनुसार दलको समर्थनमा मुख्यमन्त्री हुने प्रावधान भए पनि […]

सरकार निर्माणमा सभामुखको भूमिका तटस्थ हुनुपर्छ : नेका नेता डा कोइराला

विराटनगर ,२२ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कोशी प्रदेश सरकार निर्माणमा सभामुखको भूमिका तटस्थ हुनुपर्ने बताउनु भयो । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सभामुखले सरकार निर्माणको क्रममा सदस्यको हैसियतले समर्थन गर्नु भोलिका दिनमा अप्ठ्यारो अवस्था सिर्जना हुने सक्ने आशंका व्यक्त्त गर्नु भयो । नेता डा. कोइरालाले सरकार निर्माणको क्रममा […]

इन्सेकको रिटमा उच्च अदालत विराटनगरद्धारा विपक्षीलाई १५ दिन भित्र जवाफ पेश गर्न आदेश

विराटनगर २१ असार । मोरङ कारागारका सवालमा गृह मन्त्रालय सहित अन्य चार ओटा सरकारी कार्यालयलाई विपक्षी बनाइ इन्सेकले दायर गरेको रिटमा उच्च अदालत विराटनगरले मुद्दालाई अग्राधिकार सहितको परमादेश दिएको छ । उच्च अदालत विराटनगरका न्यायाधीश कृष्णकमल अधिकारीको इजलासले इन्सेकले दायर गरेको रिटमा आज अग्राधिकार सहितको परमादेश दिएको हो । परमादेशले मुद्दाका विपक्षी गृह मन्त्रालय सिंहदरबार […]