विराटनगर १८ मंसिर । विराटनगर महानगरपालिका अन्र्तगतका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई अभिमुखीकरण दिईएको छ । महानगरपालिका अन्र्तगतका १९ वटै वडाका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई पाठेघरको मुखको क्यान्सरका लागि परीक्षण गर्नुपर्ने उमेर, यसका लक्षणहरु, उपलब्ध जाँचहरु, उपचार विधिहरु र फैलिएको गलत धारणाका बारेमा प्रशिक्षण दिईएको थियो । करुणा फाउन्डेसनसँगको सहकार्यमा विराटनगर महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका […]
विराटनगर १७ मंसिर । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त हुनु भएको छ । भण्डारीलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज मन्त्रीमा नियुक्त गर्नुभएको हो । उहाँले आज साँझ नै प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ । विवादास्पद जापान भ्रमणका कारण तत्कालीन आन्तरिक मामिला […]
मोरङ ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका १३ जना उम्मेदवारको जमानत जफत । विराटनगर १७ मंसिर । मोरङ ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका १६ उम्मेदवार मध्ये १३ जना उम्मेदवारको जमानत जफत भएको छ । माओवादी केन्द्र, कांग्रेस र एमालेका उम्मेदवार बाहेकका १३ उम्मेदवारले जमानत जोगाउन सकेनन् । कुल १८ हजार ५७७ मत खसेकोमा १८ […]
विराटनगर १७ मंसिर । माेरङ ग्रामथान गाउँपालिकाकाे अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमाेनारायण माझी निर्वाचित हुनु भएकाे छ । केहीवेर अघि सम्पन्न अन्तिम मतपरिणाम अनुसार माझीले ६ हजार ९ सय ६९ मत प्राप्त गर्नु भएकाे छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलराम सरदारले ५ हजार ३३३ मत प्राप्त गर्नुभयाे । नेकपा एमालेका तुल्सीराम विश्वासले ४ […]
विराटनगर १७ मंसिर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । ग्रामथानको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमोनारायण माझीले अग्रता लिएका छन् । निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुशार माझीले ५ हजार ६०७, नेपाली कांग्रेसका बलराम सरदारले ४ हजार १६७, एमालेका तुलसीराम विश्वासले २ हजार ७४१ मत प्राप्त गरेका छन् । अहिलेसम्म […]