विनायक स्काउट ट्रुपको दीक्षान्त

विराटनगर २२ मंसिर । विराटनगर १२ मा रहेको विनायक वोर्डिङ स्कुलले नेपाल स्काउट विनायक स्काउट ट्रुपको दीक्षान्त गरेको   छ । शनिबार स्कुल परिसरमा एक कार्यक्रम आयोजना गरि स्काउट ट्रुपको दीक्षान्त गरिएको हो । उक्त कार्यक्रममा ३४ जना स्काउट विद्यार्थीलाई सदस्यता र धवलागिरी ब्याचले दीक्षित गरेको विद्यालयका प्रिन्सिपल मिथलेश ठाकुरले बताए । कार्यक्रमका प्रमुख अतिथि नेपाल […]

बालबालिकाको सर्वाङ्गीण विकास प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर २१ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले बालबालिकाको सर्वाङ्गीण विकासका लागि विशेष ध्यान दिने बताउनु भएको छ । पूर्वाञ्चल विश्वविद्यालय कला सङ्कायको आयोजनामा नेपालमा प्रारम्भिक बाल विकास इकोसिस्टम परिकल्पना विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको शुक्रबार उद्घाटन गर्दै उहाँले आजका बालवालिका भोलिका मुलुकका कर्णधार भएकोले उनीहरुको विकासका लागि राज्यले बनाउने नीति तथा […]

राजनीतिक दलहरुको सहमतीमा संविधान संशोधन : कांग्रेस सभापति देउवा

विराटनगर २१ मंसिर । नेपाली कांगेसका सभापति शेरबहादुर देउवाले राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गर्ने बताउनु भएको छ । विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले संविधान संशोधन गर्न दुई तिहाई वहमत आवश्यक भएकोले दलहरुवीच वार्ता एवं सहमती कायम गर्ने प्रष्ट पार्नु भयो । पूर्व प्रधानमन्त्री देउवाले प्रधानमन्त्रीको चीन भ्रमणको बेला बेल्ट एण्ड रोड इनिसिएटिभ […]

एमाले कोशी प्रचार विभागले अग्रजहरुको अभिलेखीकरण गर्ने

विराटनगर २० मंसिर । नेकपा एमाले कोशी प्रदेश प्रचार विभागले अग्रजहरुको अभिलेखीकरण गर्ने भएको छ । नेकपा एमालेमा लामो समय जीवन व्यतित गरेका तर कुनै पनि अवसर नपाएकाहरुको विषयमा पुस्तक प्रकाशन गर्ने भएको हो । एमाले कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागको विहीबार विराटनगरमा बसेको बैठकले कोशी प्रदेशका १४ वटै जिल्लाका अग्रजहरुका विषयमा पुस्तक प्रकाशनका […]

चीनसँग ऋणसम्बन्धी कुनै सम्झौता गरेको छैन : प्रधानमन्त्री

विराटनगर २० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा चीन सरकारसँग ऋणसम्बन्धी कुनै सम्झौता नगरेको बताउनु भएको छ । चार दिने औपचारिक चीन भ्रमण सकेर बिहीबार स्वदेश फर्किनु भएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफ दिँदै चीन भ्रमणका क्रममा ऋण सम्झौता नभएको बताउनु भएको हो । चीन भ्रमणपूर्व नै कुनै […]