महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई अभिमुखीकरण

विराटनगर १८ मंसिर । विराटनगर महानगरपालिका अन्र्तगतका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई अभिमुखीकरण दिईएको छ ।

महानगरपालिका अन्र्तगतका १९ वटै वडाका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई पाठेघरको मुखको क्यान्सरका लागि परीक्षण गर्नुपर्ने उमेर, यसका लक्षणहरु, उपलब्ध जाँचहरु, उपचार विधिहरु र फैलिएको गलत धारणाका बारेमा प्रशिक्षण दिईएको थियो ।

करुणा फाउन्डेसनसँगको सहकार्यमा विराटनगर महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका मार्फत पाठेघरको मुखको क्यान्सरबारे घर घरमा जनचेतना फैलाउने उद्देश्यले अभिमुखीकरण आयोजना गरिएको बताईएको छ ।