विराटनगर ,१ भदौ । ब्रिज इन्टरनेशनल कन्सलटेन्सीको शाखा कार्यालय विराटनगरमा–१० मा आजदेखि संचालनमा आएको छ । विराटनगरमा एक विशेष कार्यक्रम आयोजना गरी उक्त उक्त्त कन्सलटेन्सी खुलेको छ। ब्रिज इन्टरनेशनलको उद्घाटन नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष शेषराज भट्टराईले गर्नु भयो । आगामी एक महिना भित्र ब्रिजले आफ्नो शाखा नेपालगन्ज, धुलाबारी र काठमाडौमा खोल्ने कार्यक्रम रहेको सोही […]
विराटनगर १ भदौ । कर्णाली प्रदेशमा आगामी मंसिर २ देखि शुरु हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कोशी प्रदेशले तयारी शुरु गरेको छ । प्रदेश खेलकुद विकास बोर्डले शुक्रबार विराटनगरमा बोर्डले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित अन्तरक्रिया गरेको छ । कार्यक्रममा सामाजिक विकास मन्त्री तथा खेलकुद बोर्डका अध्यक्ष पाँचकर्ण (पीके) राईले कोशी प्रदेशले […]
विराटनगर ३२ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यस वर्ष प्रदेशमा लगानी सम्मेलनको आयोजना गर्ने बताउनु भएको छ । कार्की नेतृत्वको प्रदेश सरकार गठन भएको एक सय दिनको पूर्व सन्ध्यामा यस क्षेत्रका उद्योगी ,व्यापारीहरुसँग आयोजित अन्तरक्रियामा उहाँले सम्मेलनमा स्वदेशी तथा छिमेकी मुलुकका उद्यमीहरुलाई यस क्षेत्रमा लगानीको वातावरण रहेको अनुभूति गराउने जानकारी दिनु भयो । […]
विराटनगर ३२ साउन । नोना कोइराला प्रतिष्ठान र केएचडीसीको प्राविधिक सहयोगमा मोरङको बूढीगंगा वडा नम्बर ७ स्थित डंग्राहामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बूढीगंगा गाउँपालिकाको आयोजनामा डंग्राहास्थित लक्ष्मी माविमा आयोजित शिविरको नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले उद्घाटन गर्नुभएको थियो । नेता कोइरालाले गाउँघरमै स्वास्थ्य शिविर सञ्चालन गर्दा बिरामीहरु अस्पताल जानुपर्ने […]
विराटनगर ३२ साउन । मोरङ ग्रामथानमा मानव वेचविखन तथा ओसारपसार विरुद्धको समिति गठन गरिएको छ । ग्रामथानले कार्यविधि बनाएर समिति गठन गरेको हो । कार्यविधि तयार गरि समिति गठन गर्नेमा ग्रामथान पहिलो स्थानीय तह हो । यसअघि जहदा गाउँपालिकाले स्थानीय समिति गठन गरेपनि त्यहाँ कार्यविधि तयार हुन सकेको छैन । माईती नेपालको सहजीकरणमा गठित समितिले […]