विराटनगर, ७ असार । आगामी आर्थिक वर्ष०८१-०८२ का लागि मोरङको कटहरी गाँउपालिकाले ५० करोड ८२ हजार रुपैया बराबरको बजेट ल्याएको छ । बिहिवार कटहरी गाँउपालिकामा आयोजित एक कार्यक्रम बीच शिक्षा, कृषि, उद्योग र पूर्वाधार, समृद्ध कटहरीको मुल आधार भन्ने नारा सहित आयोजित दोश्रो अधिवेशनको पाँचौ गाँउसभाले बजेट पारित गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष सीतादेवी राजवंशीले […]
विराटनगर, ७ असार । कोशी प्रदेश सरकारको मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना–२०८१ पास भएको छ । यो पास भएसँगै आगामी आर्थिक वर्षमा सुरुदेखि नै विपदका कार्यहरु गर्न सहज हुने छ । प्रदेश विपद व्यवस्थापन परिषद्को बिहीबार बसेको बैठकले योजना पास गरेको हो । मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले योजना पास गरेको हो […]
विराटनगर ७ जेठ । विराटनगर महानगरपालिका–८ मा निःशुल्क दन्त शिविर संचालन गरिएको छ । वडाले जीवन विकास पब्लिक हेल्थ सेन्टरसँगको सहकार्यमा निःशुल्क दन्त शिविर संचालन गरेको हो । १२९ जेष्ठ नागरिकको दाँत जाँच गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुशारमा आधारभुत स्वास्थ्य केन्द्र विराटनगर ८ मा ७६ जनाको दाँत जाँच गरिएको, १३ जनाको […]
विराटनगर ६ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सवारी दुर्घटना र त्यसबाट घाइते हुनेको अवस्था भयावह भएकाले यसलाई न्यूनिकरण गर्न व्यक्ति स्वयम सचेत हुनुपर्ने बताउनुभएको छ । बिहीबार विराटनगरमा ट्राफिक सचेतना कार्यक्रमको उद्घाटन समारोहमा मुख्यमन्त्री कार्कीले दुर्घटनाको अवस्था भयावह भएको उल्लेख गर्दै यसका लागि हामी सबैको सामुहिक प्रतिवद्धताको आवश्यकता रहेको बताउनुभयो । उहाँले दुर्घटनाबाट […]
विराटनगर ४ असार । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टको फाइनलमा दिल्ली पब्लिक स्कुल (डिपिएस) र ग्यालेक्सी स्कुल पुगेको छ । असार ६ गते विराटनगरको सहिद मैदानमा हुने फाइलनमा उपाधिको लागि डिपिएस र ग्यलेक्सी भिड्ने भएका हुन् । मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा डिपिएसले गोदावारी स्कुललाई ४–० गोलले पराजित गर्यो । जितको लागि डिपिएसका […]