ज्येष्ठ नागरिकलाई पंखा

विराटनगर १६ असार । विराटनगर महानगरपालिका वडा नम्बर १ ले ज्येष्ठ नागरिकहरूलाई टेबल पंखा वितरण गरेको छ । सोमबार आयोजित कार्यक्रममा ८० वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकहरूलाई वडा समितिले टेबल पंखा वितरण गरेको हो । कार्यक्रममा वडाध्यक्ष काजीबहादुर बस्नेत, कार्यपालिका सदस्य खुश्बु विश्वकर्मा, सचिव भक्त गोराथोकी, वडासदस्य सुशील गुभाजु, लक्ष्मी राई, कर्मचारी सुमन दाहाललगायतले टेबल […]

जीवन विकासलाई अन्तर्राष्ट्रिय अवार्ड

विराटनगर १७ असार । जीवन विकास लघुवित्त वित्तीय संस्थाले थ्रि जिरो क्लब प्रवद्र्धन गरे बापत अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । फिलिपिन्सको राजधानी मनिलामा आयोजित थ्री जिरो क्लब कन्भेन्सनमा विश्वभरका सहयोगी संस्थाहरु मध्ये नेपालको जीवन विकास लघुवित्त वित्तीय संस्थाले अन्तर्राष्ट्रिय क्लब सपोर्ट अवार्ड प्राप्त गरेको हो । यसअघि २०२२ र २०२३ को थ्री जिरो क्लब […]

कोशी प्रदेशले बनाएका कानूनहरूले निर्माणको चरणनै पुरा नगरेको खुलासा

विराटनगर १६ असार । कोशी प्रदेशले बनाएका कानूनहरूले निर्माणको चरणनै पुरा नगरेको पाइएको छ । कोशी प्रदेशले बनाएका ऐनको अध्ययन र समिक्षा प्रतिवेदन सार्वजनिक गर्ने क्रममा उक्त तथ्य सार्वजनिक भएको हो । २०८० साल मंसिरसम्म कोशी प्रदेशले बनाएका ६० वटा ऐन र २४ वटा नियमावलीको अध्ययन र समिक्षा गर्न प्रदेश सरकारले पूर्वाञ्चल विश्वविद्यालय कानून संकायलाई […]

द्रुत गतिमा सरकारले काम गरिरहेको छ : मुख्यमन्त्री कार्की

विराटनगर १५ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार द्रुत गतिमा काम गर्न लागिपरेको बताउनुभएको छ । विराटनगरमा सीता बाल मुकुन्द पोखरेल प्रतिष्ठानले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले आफू नेतृत्वको सरकारले एक महिनाको अवधिमा विगत ७ महिनामा हुन नसकेको नीतिगत कामहरु गरेको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले एक महिनामा नीति तथा […]

पहिरोबाट घाइते भएका लिम्बूको उद्धार

विराटनगर, १५ असार । ताप्लेजुङको सिरिजंगा गाउँपालिका मामाङमा शुक्रबार रातिको पहिरोमा परेर घाइते भएका पदमबहादुर लिम्बूलाई कोशी प्रदेश सरकारले उद्धार गरेको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीको पहलमा हेलिकप्टरबाट लिम्बूको उद्धार गरिएको हो । घाइते लिम्बूलाई हेलिकप्टरबाट उद्धार गरि विराटनगर ल्याएर नोबेल अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ । लिम्बूको उपचारको […]