विराटनगर २ असोज । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलहरु देशप्रति जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । अध्यक्ष ओलीले देश गम्भिर संकटको अवस्थामा पुगेको उल्लेख गर्दै ती समस्याहरुलाई समाधान गर्न सबै राजनीतिक दलहरु एकजुट भएर अघि बढ्नुपर्ने समेत बताउनुभयो । मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको […]
विराटनगर २२ भदौ । कोसी प्रदेशको सरकारमा नेकपा एमाले नेतृत्वको सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गर्ने भएको छ । विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा पत्रकारसंग संक्षिप्त कुराकानी गर्दै राप्रपा कोसी प्रदेश संसदीय दलको नेता भक्ति सिटौलाले संविधानमाथि भएका हस्तक्षेपहरुलाई सर्वाेच्च अदालतले सच्चाएको बताउनुभयो । अदालतले गरेको परमादेशको सम्मान गर्दै संसदीय दलका नेता सिटौलाले संविधानको धारा १६८ […]
विराटनगर १३ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा जातीय तथा धार्मिक सद्भाव कायम गर्नु पर्ने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सद्भाव विथोल्ने कार्य बन्द गरी समाजमा सद्भावका साथ अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो । पूर्व प्रधानमन्त्री ओलीले संसदबाट पास भएको एमसिसि सम्झौता कार्यान्वयन लैजाने बताउँदै […]
विराटनगर, १० भदौ । चार पार्टी सम्मिलित समाजवादी मोर्चाले आगामी भदौ २५ गते विराटनगरमा संयुक्त कार्यक्रम गर्ने निर्णय गरेको छ । विराटनगरस्थित माओवादी केन्द्रको प्रदेश कार्यालयमा आज बसेको संयुक्त बैठकले विराटनगरको बरगाछीस्थित होटल मनास्लुमा कार्यक्रम गर्ने निर्णय गरेको जसपाका कोशी प्रदेश अध्यक्ष दिपक याक्खाले जानकारी दिए । जसपाका अध्यक्ष याक्खाको अध्यक्षतामा बसेको बैठकमा माओवादी केन्द्र […]
विराटनगर, १० भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा सत्तागठबन्धनले फोहोरी खेल खेलेको बताउनु भएको छ । सरकार गठनमा गठबन्धन आबद्ध दलले संविधान तथा लोकतान्त्रिक मूल्य मान्यता विपरित काम गरिरहेको बताउनुभयो । कोशी प्रदेश कमिटीको सातौं पूर्ण बैठकलाई आज विराटनगरमा संवोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो,‘ सभामुखलाई […]