विराटनगर २७ पुस । नेकपा एमालकोे भातृ संगठन नेपाल मुस्लिम इत्तेहाद संगठन विराटनगर महानगर कमिटीको तेस्रो अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।
पार्टी कार्यालय पाञ्चालीमा सम्पन्न अधिवेशनले मो. सम्शेर (समीर) को अध्यक्षमा सर्वसम्मत महानगर कमिटी निर्वाचित गरेको छ । कमिटीको उपाध्यक्षमा सहवाज हुसेन, सचिवमा जाफर अलि, सहसचिवमा रोसनी खातुन र सहजादा हुसेन निर्वाचित हुनु भएको छ ।
महानगर कमिटीको सदस्यहरुमा सेख मोहमद अख्तर, मो. सेहराजुल, सुबि कुरैसी, ऐजाज शेख, ईर्साद हुसेन, समसादद खान रहनु भएको छ ।
ईत्तेहाद संगठनका केन्द्रीय सचिव हाजी फिरोज खानको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एमाले विराटनगर महानगर अध्यक्ष रोहित कोइराला, ईत्तेहाद कोशी प्रदेश अध्यक्ष अजिम आलम, ईत्तेहाद मोरगं ईन्चार्ज हाजी ईमाम हैदर, पार्टी महानगर उपसचिव अन्ताज हुसेन, विराटनगर महानगरपालिका वडा नं. ८ का वडाअध्यक्ष राम पोखरेल लगायत लगायतले नवनिर्वाचित कमिटीलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।