राष्ट्रिय सभा सदस्य निर्वाचन : कोशी प्रदेशमा २ सिटका लागि ५ जनाको उम्मेदवारी

विराटनगर २३ पुस । कोशी प्रदेशमा २ सिटका लागी हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा ५ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ताको दिन आज २ सिटमा ५ जनाको उम्मेदवारी दर्ता भएको हो । आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि मतदान हुने छ । कोशी प्रदेशमा महिला समूहका लागि […]

राष्ट्रियसभा निर्वाचन : एमालेले छान्यो १९ उम्मेदवार, माओवादीमा पनि उम्मेदवार टुङ्गो लाग्यो

विराटनगर २२ पुस । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेकपा एमालेले सातै प्रदेशबाट उम्मेदवारको टुंगो लगाएको छ । निर्वाचन हुन लागेका १९ वटै सिटमा एमालेले उम्मेदवारी दिने भएको छ । महासचिव शंकर पोखरेलका अनुसार कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट पर्शुराम अधिकारी (भोजपुर) तथा मधेशमा महिलाबाट उषादेवी थरुनी (पर्सा), अन्यबाट डा. अर्जुनकुमार सिंह राजपुत (महोत्तरी)लाई […]

एमाले मोरङको दशौं जिल्ला अधिवेशन स्थगित, ११ सदस्यीय कार्यसम्पादन समिति गठन

विराटनगर २० पुस । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशन स्थगित गरिएको छ । आगामी पुस २७–२८ गते विराटनगरमा गर्ने तय भएको अधिवेशन स्थगित गरिएको एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिनुभयो । जिल्ला अधिवेशनका लागि आवस्यक तयारी नपुगेको भन्दै स्थगित गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । अध्यक्ष पोखरेलका अनुसार अधिवेशनको मिति चाँडै तय […]

वीपीको मेलमिलाप नीति पार्टीभित्र पनि प्रयोग गरौ : नेता पराजुली

विराटनगर,१६ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले वी.पी.कोईरालाको राष्ट्रिय मेलमिलाप तथा एकताको नीति वर्तमान सन्दर्भमा पनि सान्दर्भिक रहेको बताउनु भएको छ । नेपाली कांग्रेस मोरङद्धारा आज विराटनगरमा आयोजित ४७ औं राष्ट्रिय मेलमिलाप तथा एकता दिवसका अवसरमा बोल्दै केन्द्रीय सदस्य पराजुलीले वर्तमान अवस्थामा पनि वी.पीको मेलमिलाप नीति अत्यन्तै सान्दर्भिक रहेको […]

नेपाल ट्रेड यूनियन काँग्रेसद्धारा राष्ट्रिय सभा निर्वाचनका लागि ३ जनाको नाम सिफारिस

विराटनगर १५ पुस । नेपाल ट्रेड यूनियन काँग्रेसले श्रमिक आन्दोलनमा लामो समय योगदान पुराएका तीन जनालाई राष्ट्रिय सभा उम्मेदवारका रुपमा सिफारिस गरेको छ । ट्रेड यूनियनका महासचिव अजयकुमार राईका अनुसार राष्ट्रिय सभामा श्रमिक वर्गको प्रतिनिधित्व गराउनका लागि काँग्रेस सभापति शेरबहादुर देउवासमक्ष उम्मेवार सिफारिस गरिएको जानकारी दिनुभयो । नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व नभएको हुदाँ आउँदो […]