उद्योग संगठन, मोरङ व्यापार संघ र उद्योग वाणिज्य महासंघ कोशीले राष्ट्रिय क्रिकेट खेलाडीलाई सम्मान गर्ने

विराटनगर, २५ बैशाख । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुलाई सम्मान गर्ने भएको छ । भर्खरै सम्पन्न एसिसि प्रिमीयर कपमा राष्ट्रिय टिमले ऐतिहासिक जित निकाल्दै एशिया कपमा क्वालीफाई गरी भारत, पाकिस्तान जस्ता विश्व क्रिकेटमा वर्चस्व कायम गर्न सफल टेस्ट क्रिकेट खेल्ने राष्ट्रसंग खेल्ने अवसर […]

२१ वर्षपछि नेपाल एसिया कपमा

विराटनगर १९ वैशाख । एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै नेपाल एसिया कपमा छनोट भएको छ । टियु मैदानमा आज भएको फाइनलमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल अपराजित रहदै च्याम्पियन बनेको हो । युएईले दिएको १ सय १८ रनको लक्ष्य नेपालले ३० दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्याे । नेपालका लागि गुलसन झाले […]

ऋचा मेमोरियल टी–२० क्रिकेटको उपाधि विभागिय टिम आर्मीलाई

विराटनगर ३ वैशाख । प्रथम ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टिम त्रिभुवन आर्मीले जितेको छ । विराटनगर जुट मिलको खेल मैदानमा आज सम्पन्न भएको फाइनलमा घरेलु टिम एनबीएससीलाई ६ विकेटले हराउँदै आर्मीले उपाधि जितेको हो । १११ रनको विजय लक्ष्य पछ्याएको आर्मीले ११ दशमलव ३ बलमा ४ विकेटको क्षतिमा पूरा गर्यो । यसअघि […]

एनबीएससी ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा

विराटनगर २ वैशाख । प्रथम ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगितामा घरेलु टिम एनबीएससी फाइनलमा पुगेको छ । विभागीय टिम नेपाल पुलिसलाई ४ रनले स्तब्ध पार्दै एनबीएससी फाइनलमा पुगेको हो । एनबीएससीले लगातार तेस्रो जित निकाल्दै सुमह ‘ख’ मा ६ अंकसहित शीर्षस्थानमा रहेको छ । आइतबार हुने फाइनलमा उपाधिको लागि विभागीय टिम नेपाल आर्मीसँग भिड्नेछ । […]

राष्ट्रिय पुरुष हक्कीमा त्रिभुवन आर्मी क्लब उपाधि नजिक

विराटनगर, चैत २६ । गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब पुगेको छ । विराटनगरको सहिद रंगशालामा भइरहेको प्रतियोगिताअन्तर्गत आज बिहान भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले मधेस प्रदेशलाई १२–० को फराकिलो गोल संख्यामा पराजित गर्दै फाइनलमा पुगेको हो । आइतबार राति नेपाल पुलिस क्लब र सुदूपश्चिम प्रदेशबीच हुने […]