एमाले विराटनगर महानगर कमिटीको सपथग्रहण, एक ढिक्का भएर अघि बढ्ने अध्यक्ष गिरीको प्रतिबद्धता

विराटनगर ६ वैशाख । नेकपा एमाले विराटनगर महानगरकमिटीको दोश्रो अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको आज सपथग्रहण भएको छ । एमाले मोरङ पार्टी कार्यालय पाञ्चालीमा आयोजित कार्यक्रममा नवनिर्वाचित कमिटीको सपथग्रहण गराईएको थियो । सपथग्रहण कार्यक्रममा महानगरकमिटीका अध्यक्ष बलराज गिरी (नविन) ले महानगर कमिटी एक ढिक्का भएर अघि बढ्ने बताउनुभयो । निर्वाचनमा प्रतिष्पर्धा भएपनि महानगर कमिटीले सवैलाई […]

विराटनगर ट्रक व्यवसायी संघको पदस्थापन कार्यक्रम

विराटनगर ६ वैशाख । विराटनगर ट्रक व्यवसायी संघको १७ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम शुक्रबार साँझ सम्पन्न भएको छ । चैत २९ र ३० गते विराटनगरमा सम्पन्न ३३ औं बार्षिक साधारणसभा तथा १७ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम गरिएको हो । पदस्थापन कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सञ्जीव सिग्देलले विराटनगर ट्रक व्यवसायी संघलाई नयाँ गति […]

हार अन्त्य होइन, नयाँ सुरुवातको अवसर : राम पोखरेल

विराटनगर ६ वैशाख । नेकपा एमाले विराटनगर महानगर कमिटीको उपाध्यक्षको प्रत्यासी राम पोखरेलले पराजय राजनीतिक यात्राको अन्त्य नभएको बताउनु भएको छ । उहाँले पराजयलाई अवसरको रुपमा लिनुपर्ने बताउनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो पक्षमा मतदान गर्नेप्रति आभार व्यक्त गर्दै पोखरेलले भन्नुभएकोछ,‘ राजनीतिक यात्रामा हारलाई अन्त्य होइन, नयाँ सुरुवातको अवसर ठान्दछु ।’ महानगर कमिटीको […]

नेकपा एमाले विराटनगर महानगर कमिटीको अध्यक्षमा बलराम गिरी निर्वाचित

विराटनगर ४ वैशाख । नेकपा एमाले विराटनगर महानगर कमिटीको अध्यक्षमा बलराम गिरी (नविन) निर्वाचित हुनु भएको छ । पदाधिकारीमा गिरीको प्यानलनै निर्वाचित भएको छ । अध्यक्षका प्रत्यासी रोहित कोइरालालाई ५२ मतान्तरले पराजित गर्दै गिरी अध्यक्षमा निर्वाचित हुनु भएको हो । गिरीले १७३ र कोइरालाले १२१ मत प्राप्त गर्नु भयो । कोइराला निवर्तमान संगठन कमिटीका अध्यक्ष […]

क्रिस्टल माला तथा पाेते बनाउने तालिम सम्पन्न

विराटनगर ४ वैशाख । क्रिस्टल माला तथा पाेते बनाउने १२ दिने तालिम सम्पन्न भएकाे छ । विराटनगर महानगरपालिकाे सहयाेगमा न्युपाथिभरा ढाका व्याग उद्योग तथा प्रशिक्षण केन्द्र विराटनगर ५ आयोजनामा भएकाे तालिम २० जना महिलाको सहभागिता रहेकाे थियाे । चैत २१ देखि शुरू भएकाे १२ दिने तालिमका सहभागीलाई क्रिस्टल माला तथा पाेते बनाउने व्यवसायिक सीप दिइएकाे […]