पारस अस्पतालद्वारा ‘छोरी बचाऊ, आमा बचाऊ’ सेवा सुरु

विराटनगर ४ माघ । ग्रामीण तथा दुर्गम क्षेत्रका विपन्न समुदायका गर्भवती महिलालाई अस्पतालसम्म सहज पहुँचका लागि विराटनगरस्थित निजी अस्पतालले आजदेखि ‘छोरी बचाऊ ,आमा बचाऊ’ कार्यक्रम शुरु गरेको छ । विराटनगर –११ स्थित पारस मल्टीस्पिसियालिटी अस्पतालाले आफ्नो खर्चमा छोरी बचाऊ अभियान अन्तर्गत सञ्चालित सो कार्यक्रममा गर्भवती महिलालाई निःशुल्क साधारण तथा शल्यक्रिया प्रसुति सेवा उपलव्ध गराउनुका साथै […]

बरगाछी–रानी सडकको सौन्दर्यकरण गर्ने महानगरको तयारी

विराटनगर ४ माघ । विराटनगर महानगरपालिकाले बरगाछी–रानी (सिक्स लेन) सडकको सौन्दर्यकरण गर्ने भएको छ । महानगरको समन्वयमा विभिन्न बैंक तथा वित्तीय संस्था, विभिन्न व्यापारिक र सामाजिक संघसंस्थाको सहयोगमा सिक्स लेन सडकका डिभाइडरमा फूल र विरुवा रोपेर सौन्दर्यकरण गर्न लागेको हो । त्यसका लागि महानगरले विराटनगर क्षेत्रभित्र रहेका विभिन्न बैंकका प्रदेश प्रमुख र प्रतिनिधिहरूसँग छलफल गरेको […]

राष्ट्रिय शैक्षिक परार्मश संघ कोशीको अध्यक्षमा सन्तोष लिम्बु

विराटनगर २ माघ । राष्ट्रिय शैक्षिक परामर्श संघ (एनईसीए ) कोशी प्रदेश समितिको अध्यक्षमा सन्तोष लिम्बु (कुरुम्बाङ) निर्वाचित हुनु भएको छ । दोस्रो बार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि लिम्बुको अध्यक्षमा ९ सदस्यीय समिति निर्वाचित भएको हो । संघको उपाध्यक्षमा रेणुकान्त यादव (विवेक), सचिवमा नरेन्द्र दंगाल, सह–सचिवमा राजु थापा र कोषाध्यक्षमा मैना राना […]

कांग्रेस सधैं पहिचानको पक्षमा छ : डा. कोइराला

विराटनगर २ माघ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस सधैं पहिचानको पक्षमा रहेको बताउनु भएको छ । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति सुन्दरहरैंचा, मोरङको प्रथम नगर अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले पहिचानको मुद्दालाई कांग्रेसले जति कसैले नउठाएको दाबी गर्नुभयोे । “कांग्रेसले विगतदेखि नै ‘द्वन्द्व पनि मेटिने र पहिचान पनि भेटिने’ […]

विराटनगर क्षेत्रका विद्यालय तीन दिन विदा दिने महानगरको निर्णय

विराटनगर २ माघ । शीतलहरसँगै अत्यधिक चिसो बढेपछि विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्था विदा दिने निर्णय गरेको छ । आज एक सूचना जारी गर्दै महानगरले बुधबारदेखि शुक्रबारसम्म तीन दिन महानगर क्षेत्रका सम्पूर्ण विद्यालय विदा दिने निर्णय गरेको हो । अत्यधिक चिसो बढ्न थालेपछि विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत […]