विराटनगर ५ भदौ । बरिष्ठ नृत्य निर्देशक दिपेन्द्र थापा सम्मानित भएका छन् । विराट जागृति कला केन्द्र विराटनगरले नेपाली लोक संस्कृतिको क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै नृत्य निर्देशक थापालाई सम्मानित गरेको हो । बुधबार विराटनगरमामा आयोजित कार्यक्रममा कोशी प्रदेश प्रमुख परशुराम खापुङले थापालाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेका थिए । थापाले विगत ३३ वर्षदेखि […]
विराटनगर, ४ भदाै । शान्तिका लागि साझा अभियान (कोक्याप) को आयोजनामा “अनौपचारिक श्रमिक र सामाजिक सुरक्षाः अवस्था, अवसर र चुनौती” विषयक परामर्श कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ । कार्यक्रममा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूको अवस्था, उनीहरूलाई सामाजिक सुरक्षा योजनामा कसरी समावेश गर्ने भन्नेबारे छलफल गरिएको थियो। कार्यक्रममा वक्ताहरूले अनौपचारिक श्रमिकहरूलाई योजनामा ल्याउन ट्रेड युनियन, संघसंस्था र […]
विराटनगर ३ भदौ । पूर्वराष्ट्रपति तथा नेकपा एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी १० वर्षपछि नेकपा एमाले मोरङको पार्टी कार्यालय पाञ्चाली जादै हुनुहुन्छ । दिउँसो १ वजे पार्टी कार्यालय जाने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ । मोरङ एमाले पार्टी कार्यालय मदन आश्रित भवन पनि भएकाले उहाँ जान लाग्नु भएको बताईएको छ । पूर्व राष्ट्रपति भण्डारीको कार्यकर्ता […]
विराटनगर २ भदौ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चार माध्यमले लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउदै आएको बताउनु भएको छ । विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिकको २१ औँ बार्षिकोत्सवमा अवसरमा दैनिक आवद्ध सञ्चारकर्मीहरुलाई पुरस्कृत गर्दै उहाँले स्थानीय सञ्चार माध्यमले लोकतान्त्रिक व्यवस्थाको अभ्यासलाई सुदृढ बनाउने हुनाले यसको संरक्षण र सवलीकरण गर्नु हामी सबैको साझा जिम्मेवारी […]
विराटनगर २ भदौ । विराटनगरमा ५८ औं राधाकृष्ण रथयात्रा भव्य रुपमा सम्पन्न भएको छ । आइतबार दिउँसो ४ बजे विराटनगर महानगरपालिका १ मन्दिर परिसरबाट सुरु भएको रथयात्रामा हजारौं भक्तजन सहभागी भएका छन् । मन्दिर परिसरबाट सुरु भएको रथयात्रा जलजला चोक, ट्राफिक चोक, रोडशेष चोकबाट कोशी राजमार्ग हुँदै बरगाछी चोकबाट दुर्गाचोक हुँदै मन्दिर परिसरमा पुगेर समापन […]