सदस्यको टुङ्गो लगाएर मात्रै अधिवेशन गर्न प्रेस यूनियनको माग

विराटनगर २१ चैत । प्रेस युनियन मोरङले आसन्न नेपाल पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रीय समितिको अधिवेशनहरु साधारण सदस्यहरुको टुङ्गो लगाएरमात्रै गर्न माग गरेको छ । नेपाल प्रेस युनियनको चैत १७ गते सुनसरीको इटहरीमा सम्पन्न केन्द्रीय समितिको निर्णय अनुसार सदस्यताको शुद्धिकरण टुंगो नलगाई, नयाँ मतदाता नामावली समेतको निर्णयनै नगरि जिल्ला, प्रदेश र केन्द्रको अधिवेशन आव्हान […]

देवकुमारी थापा र बबरसिंह थापा सम्मानको घोषणा

विराटनगर २० चैत । बबरसिंह देवकुमारी थापा सेवा गुठी विराटनगरले दुई पुरस्कार तथा सम्मानको घोषणा गरेको छ । प्रत्येक वर्ष प्रदान गरिने देवकुमारी थापा स्मृति सम्मान २०८० हास्यव्यङ्ग्य निबन्धकार डा.रामकुमार पाँडेलाई प्रदान गरिने भएको छ । छ दशकभन्दा बढी समयदेखि नेपाली साहित्यको हास्यव्यङ्ग्य विधामा दिएको योगदानका लागि साहित्यकार पाँंडेलाई उक्त पुरस्कार सम्मान प्रदान गरिने भएको […]

पाँचहजार भन्दा बढी ध्यान गर्दै लुम्बिनीमा

लुम्बिनी, १९ चैत । बुद्धको जन्मस्थल लुम्बिनीमा १७ गतेदेखि सुरु भएको ऐतिहासिक ‘विराट चक्र विज्ञान’ कार्यक्रमको तेस्रो दिन पाँच हजार २ सय सहभागीले मणिपुर चक्र सक्रिय बनाउने विधि र अभ्यास गरेका छन् । अन्तराष्ट्रिय ध्यान कक्षमा जारी सातदिने विराट चक्र विज्ञानमा जीवन विज्ञान प्रतिष्ठानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्रद्धेय गुरुदेवद्वय रमेश नेपाल र एल […]

नेपाल पत्रकार महासंघको ६९ औँ स्थापना दिवस : मोरङमा प्रभातफेरी

विराटनगर १६ चैत । नेपाल पत्रकार महासंघको ६९ औँ स्थापना दिवसको उपलक्ष्यमा मोरङ शाखाले आज विराटनगरमाम प्रभातफेरी, कोण सभा लगायतको कार्यक्रमको आयोजना मनाएको छ । महासंघ मोरङ शाखाको कार्यालय कलेज रोडबाट निस्किएको प्रभातफेरीले महेन्द्र चोक, भट्टीमोड, शनिमन्दिर रोड, जलजला चोक, बुधहाट चोक, ट्राफिक चोक हुँदै पुनः कार्यालयमा पुगी कोण सभामा परिणत भएको थियो । प्रभातफेरीमा […]

समाजमा रहेको विभेद अन्त्य गर्न हामी सबै लाग्नु पर्छ : मुख्यमन्त्री कार्की

विराटनगर ५ चैत । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले समाजमा रहेको सामाजिक विभेद हटाउन हामीसबै लाग्नु पर्ने बताउनु भएको छ । मानव अधिकारको लागि स्रोत विकास मञ्च नेपाल(रिडेप)द्वारा आज विराटनगरमा आयोजित ५९ औँ अन्तर्राष्ट्रिय जातीय विभेद तथा रंगभेद उन्मूलन दिवसको उपलक्ष्यमा आयोजित दुई दिने दलित जनप्रतिनिधिहरुको तेस्रो प्रदेश सम्मेलनको उद्घाटन गर्दै मुलुकमा आएको लोकतन्त्र, गणतन्त्रको […]