विराटनगर, २६ चैत । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डेप्युटी गभर्नर निलम ढुंगानालाई कार्यबाहकको जिम्मेवारी दिइएको एक मन्त्रीले जानकारी दिएका छन । गर्भनरले विलासी बस्तु आयात रोक्न अर्थ मन्त्रालयले दिएको निर्देशनसम्बन्धी सूचना चुहाएको लगायतका गम्भीर आरोप लगाउँदै उनीविरुद्ध छानबिन गर्नका लागि अनौपचारिक टिम बनाउने […]
विराटनगर,२६ चैत । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष तथा सदस्यहरूलाई शुक्रबार पद तथा गोपनियताको सपथ गराउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले योजना आयोगका उपाध्यक्ष डा. पूर्ण लोक्सोमसहित सदस्यहरूलाई सपथ गराउनुभएको हो । उपाध्यक्ष लोक्सोमसहित सदस्यहरू डा. ज्ञानेन्द्रबहादुर कार्की, नारायण कोइराला, प्रकाश राई र […]
विराटनगर, २५ चैत । स्थानीय तह निर्वाचनका लागि आचार संहिता लागू भएको छ । निर्वाचन आयोगले शुक्रबार पत्रकार सम्मेलन गरी आचार संहिता आजकै मिति देखि लागू भएको जनाएको हो । आचार संहिता अनुसार कसैको पक्ष विपक्षमा सञ्चार माध्यममा मात्र होइन, सामाजिक सञ्जालमा पोस्ट वा शेयर गर्न पनि पाइने छैन । दल वा उम्मेदवारले आधिकारिक पेजमा […]
विराटनगर, २५ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आगामी संसदीय निर्वाचनमा तीन सिट ल्याएर देखाउन चुनौती दिनु भएको छ । अध्यक्ष ओलीले पार्टी एकीकरणको बेला आफूले ५४ सिट दिएका प्रचण्ड र २३ सिट दिएका माधव नेपालले त्यसको दुरुपयोग गरेर पार्टी फुटाउने काम गरेको भन्दै आक्रोश समेत व्यक्त […]
विराटनगर, २५ चैत । सुनसरीको भाण्टाबारीमा रहेको सूचनाकेन्द्र प्रभावकारी बन्दै गएको छ । प्लान इन्टरनेशनल नेपालसँगको सहकार्य र साझा सवालका लागि साझा मञ्च (कोकन) को अग्रसरतामा स्थापित सूचना केन्द्रबाट १० हजार ३७८ जनालाई सूचना प्रवाह गरिएको कार्यक्रम संयोजक हेमन्तराज पौडेलले बताउनुभयो । उहाँका अनुसार सूचना केन्द्र मार्फत देशका विभिन्न जिल्लाका ११८ जनाको उद्धार गरिएको छ […]