विराटनगर, ४ साउन । मोरङको सुन्दरहरैचा र ग्रामथानका किसानलाई वर्षेनी सिँचाईमा समस्या हुँदै गएको छ । सुन्दरहरैचा १ र ग्रामथान ४, ५, ६ र ७ नम्वर वडाका किसानले केही वर्ष यता खेतमा सहजै लोहन्द्रा खोलाको पानी पुर्याउन सकेका छैनन् । खेतीसम्म पुर्याउने पानी लैजाने पैनीको मुहान गहिरिएर गएको छ । हरेकवर्ष मुहान सारेर पानी लैजानु […]
विराटनगर, ३ साउन । ८ वर्षीया बालिका बलात्कार घटनामा संलग्न ६ महिनापछि पक्राउ परेका छन् । गत माघ ५ गते मोरङको कानेपोखरी गाउँपालिका– ६ का ४३ वर्षीय काजिमान पुरीले बालिकालाई आफ्नो घरमा लगेर बलात्कार गरेको खुलेको हो । घटना भएकै दिन स्थानीयले पीडित परिवारलाई क्षतिपूर्ति दिने सहमति पछि मौखिम रुपमा मिलापत्र भएको पाईएको छ । […]
विराटनगर, ३ साउन । प्रदेश १ कै उत्कृष्ट विद्यालयका रुपमा स्थापित विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले सीप, संस्कार र प्रविधियुक्त शिक्षण पद्धति अवलम्वन गरेको छ । आईटीको भरपुर उपयोग गर्दै अघि बढेको एभरेष्ट स्कुलले हरेक कक्षाकोठा प्रविधियुक्त बनाएको मात्र छैन, शिक्षक र विद्यार्थीलाई समेत प्रविधिमैत्री बनाउँदै लगेको छ । एभरेष्टमा अध्ययन गर्ने विद्यार्थी शैक्षिक […]
विराटनगर, ३ साउन । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कसैले चाहँदैमा र सपना देख्दैमा एमाले नएक्लिने बताउनु भएको छ । प्रेस चौतारी प्रदेश १ ले आज बिहान विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले कसैले चाहँदैमा एमालेलाई एक्ल्याउन नसक्ने जिकिर गर्नु भयो । स्पष्ट विचार बोकेर जनतामा आधारित हुँदै संगठनको बलमा अगाडि बढेको पार्टी […]
विराटनगर, २ साउन । प्रदेश १ मा पछिल्लो ४ महिनामा एक कोरोना संक्रमितको मृत्यु भएको छ । गत चैत ७ गतेपछि असार ३२ गते शनिबार एक महिलाको मृत्यु भएको हो । मृत्यु हुने ५७ वर्षीया महिला सुनसरी रामधुनी ७ की हुन । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । कोभिड १९ […]