कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति सर्वोच्चद्धारा बदर ( पूर्णपाठ सहित)

काठमाडौं ११ साउन । सर्वाेच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । बिहीबार सर्वाेच्च अदालतका न्यायाधीशहरु तिलप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाको इजलासले मुख्यमन्त्री थापाको मुख्यमन्त्री नियुक्ति बदर गर्ने आदेश दिएको हो । थापालाई मुख्यमन्त्री नियुक्तिका लागि सभामुख बाबुराम गौतमले हस्ताक्षर गरी समर्थन गर्नु त्रुटीपूर्ण भएको भन्दै सर्वाेच्चले सो […]

मोरङ र सुनसरीमा अपाङ्गता पुर्नस्थापना कार्यक्रमको प्रगति ८१ प्रतिशत

विराटनगर ११ साउन । कोशी प्रदेश सरकार, स्थानीय तह र करुणा फाउन्डेसनको त्रिपक्षीय लागत साँझेदारीमा सञ्चालित अपाङ्गता पुर्नस्थापना कार्यक्रमको स्वामित्व प्रदेश सरकार र स्थानीयतहहरुले लिएका छन् । चालु आर्थिक वर्ष २०८०–०८१ देखि प्रदेश र स्थानीय तहहरुले आफ्नै लागत साझेदारीमा कार्यक्रमलाई अघि बढाउने भएका छन् । ३ वर्ष अघि प्रदेश सरकार, स्थानीय तह र करुणा फाउन्डेसनको […]

मोरङको लोहन्द्राखोलामा निर्माण गरिएको पुल सञ्चालन

विराटनगर, ९ साउन । मोरङको लोहन्द्राखोलामा निर्माण सम्पन्न गरिएको पुल आज देखि सञ्चालन भएको छ । सुनसरी–मोरङ सिँचाई आयोजना विराटनगरको चतरामूल नहरको ४१ किमी स्थित सो नहरको साइफन र पुल २०७४ सालको बाढीले बगाएको थियो । बाढीले पुल बगाएको पछि सो देखि पूर्वतर्फको १० हजार हेक्टर जग्गामा नहरको पानी पुग्न सकेको थिएन भने यातायातका लागि […]

निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारहरुलाई जरीवाना गर्ने आयोगको निर्णय

विराटनगर, ९ साउन । निर्वाचन आयोगले निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारहरुलाई जरीवाना गर्ने निर्णय गरेको छ । गत वर्ष मंसिरमा सम्पन्न भएको प्रतिनिधि र प्रदेश सभामा उम्मेदवार बनेकाहरुलाई खर्च बिकरण नबुझाएको भन्दै आयोगले जरीवान गर्ने निर्णय गरेको आयोगले जनाएको छ । आयोगले तोकिएको समयभित्र निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने प्रतिनिधि सभातर्फका १ हजार ३७ जना […]

कोशी प्रदेश सरकार गठन बिवादको रिट हेर्दाहेर्दैमा

विराटनगर, ९ साउन । कोशी प्रदेश सरकार गठनको वैधानिकता सम्बन्धि रिट निवेदन हेर्दाहेर्दैमा राखिएको छ । आज सर्वाेच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आन्नदमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा बहस नसकिएपछि रिट निवेदन हेर्दाहेर्दैमा राखिएको हो । सोमबार न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त रिट निवेदनमाथिको सुनुवाइका लागि पूर्ण इजलासमा पठाउने आदेश […]