विराटनगर २३ पुस । कोशी प्रदेशमा २ सिटका लागी हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा ५ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ताको दिन आज २ सिटमा ५ जनाको उम्मेदवारी दर्ता भएको हो । आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि मतदान हुने छ । कोशी प्रदेशमा महिला समूहका लागि […]
विराटनगर २२ पुस । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेकपा एमालेले सातै प्रदेशबाट उम्मेदवारको टुंगो लगाएको छ । निर्वाचन हुन लागेका १९ वटै सिटमा एमालेले उम्मेदवारी दिने भएको छ । महासचिव शंकर पोखरेलका अनुसार कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट पर्शुराम अधिकारी (भोजपुर) तथा मधेशमा महिलाबाट उषादेवी थरुनी (पर्सा), अन्यबाट डा. अर्जुनकुमार सिंह राजपुत (महोत्तरी)लाई […]
विराटनगर २२ पुस । कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रूपेश कोइराला आज नियुक्त हुनु भएको छ । मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले कोइरालालाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन् । उहाँलाई आइतबार दिउँसो १ः४५ बजे उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता […]
विराटनगर २२ पुस । नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति मोरङले सेवा विवृत्त १४ जना कर्मचारीलाई सम्मान गरेको छ । नेपाल निजामती कर्मचारी संगठन र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि.को संयुक्त आयोजनामा गोपाल फनपार्क कटहरीमा भएको बनभोज कार्यक्रमको अवसरमा सेवा निवृत कर्मचारीहरुलाई सम्मान गरिएको हो । सेवा निवृत्त कर्मचारीहरु राजु अधिकारी, गणेशवहादुर कार्की, […]
विराटनगर २२ पुस । रसायन तथा मेडिकल आपूर्ती संघ, नेपाल (केमसन)को प्रथम मोरङ जिल्ला अधिवेशनले दिनेशकुमार राउतको अध्यक्षतामा ७ सदस्यीय जिल्ला समिति गठन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा राजिव निरौला, सचिवमा भुवन साह र कोषाध्यक्षमा सुमन पौडेल निर्वाचित हुनुभएको छ । सदस्यहरूमा मनोज तिवारी, सागर भट्टराई र नन्दनप्रसाद रौनियार निर्वाचित हुनुभएको छ । नवनिर्वाचित कार्यसमितिका […]