विराटनगर १९ साउन । कोशी प्रदेशमा आर्थिक वर्ष ०७९–८० मा एक हजारभन्दा बढी मानिसले आत्महत्या गरेका छन । कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक राजेश बास्तोलाका अनुसार प्रदेशभर गत आर्थिक वर्षमा एक हजार ५ सय ५० जनाले आत्महत्या गरेका हुन । वर्षभरि ८ हजार ७ सय १९ वटा अपराधका मुद्दा दर्ता भएको […]
विराटनगर १९ साउन । कैदीबन्दी सरुवाको विषयलाई लिएर झापा कारागारमा झडप भएको छ । कारागारमा रहेका कैदी मनोज लावतीसहित केही कैदी बन्दीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णयको विरोधमा कारागारमा शुक्रबार अपरान्हदेखि झडप सुरु भएको हो । कैदीबन्दीबीच झडप हुँदा कारागार भित्र आगजानी समेत गरिएको छ । कारागार भित्र धुवाको मुस्लो देखिएपछि भद्रपुर नगरपालिकासहित मेचीनगर […]
विराटनगर १९ साउन । विराटनगर महानगरपालिकाले डेंगु रोकथाम र नियन्त्रणको अभियान सुरु गरेको छ । महानगरले डेंगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान शुक्रबारदेखि सुरु गरेको हो । कार्यबाहक मेयर शिल्पा निराला कार्कीको उपस्थितिमा वडा नम्बर १ बाट अभियान सुरु गरिएको महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिनुभयो । १९ वटै वडाबाट […]
विराटनगर १४ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले वडा तहदेखि नै सुशासन दिन नसके जनतामा असन्तुष्टि आउन सक्ने बताउनुभएको छ । मोरङको बूढीगंगा गाउँपालिका वडा नम्बर १ को नवनिर्मित प्रशासनिक भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले वडा तहदेखि नै सुशासन दिन सकेमात्रै जनताले संघीयताको महसुस गर्ने बताउनुभयो । उहाँले स्थानीय तहका […]
विराटनगर १४ साउन । विराटनगर महानगरपालिकाले डेङ्गी रोग नियन्त्रणका लागि अभियान शुरुवात गरेको छ । अभियान अन्र्तगत वडा कार्यालयले आज खोज र नष्ट कार्यक्रम सम्वन्धि अभिमुखीकरण गरेको छ । डेङ्गी रोग नियन्त्रणका लागि वडा कार्यालयको नेतृत्वमा विद्यालय, टोल संगठन, सहकारी संस्थाका शेयर सदस्यहरु मार्फत अभियानलाई घर–घरमा पुर्याइने भएको छ । डेङ्गी रोगको सम्भावित महामारीको तयारी […]