विराटनगरको विकासलाई गति दिन प्रमुख कोइरालाको सक्रियता

विराटनगर १४ फागुन । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सम्बन्धित स्थानमै पुगेर विकास निर्माणमा देखिएका समस्या समाधान गर्ने कार्य अगाडि बढाउनु भएको छ । महानगरले निर्माण गरिरहेका सडक र नालामा जग्गा विवाद देखिएका स्थानमा पुगेर मेयर कोइरालाले सम्बन्धित व्यक्तिसित छलफल गरी समाधान निकाल्ने कार्य अगाडि बढाउनुभएको हो । महानगरको योजना महाशाखा प्रमुख इन्जिनियर अर्जुन थापासहितको […]

इलाम २ को उपचुनाव : २४ चैतमा उम्मेदवारी दर्ता

विराटनगर १४ फागुन । इलाम २ र बझाङ १(१) मा हुने उपचुनावका लागि २४ चैतमा उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचनको मिति निर्धारण गरेको भोलिपल्ट निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । जसअनुसार फागुन २४ देखि ३० गतेसम्म दल दर्ताको समय तोकिएको छ । चैत २४ मा उम्मेदवारी दर्ता हुनेछ भने २७ गते […]

नेशनल टी–२० च्याम्पिनसीप : उद्घाटन खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशको सामना गर्ने

विराटनगर १४ फागुन । नेशनल टी–२० च्याम्पिनसीप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशको सामना गर्ने भएको छ । आगामी फागुन २२ गतेदेखि विराटनगरमा शुरु हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । विराटनगर १९ को बैजनाथपुर खेल मैदानमा चैत ३ गते सम्म हुने प्रतियोगिताको समूह (क) मा सशस्त्र प्रहरी बलको टोली, त्रिभुवन आर्मी […]

कोशी प्रदेशमा आज देखि शुरु भयो दादुरा–रुवेला विरुद्धको खोप अभियान

विराटनगर १३ फागुन । दादुरा–रुवेला विरुद्धको खोप अभियान आज देखि कोशी प्रदेशमा शुरु भएको छ । दक्षिणपूर्वी एशियाबाट सन् २०२६ सम्ममा दादुरा–रूबेला निवारण गर्ने लक्ष्य अनुसार राष्ट्रव्यापी अभियान अन्र्तगत कोशी प्रदेसमा अभियान शुरु भएको हो । विराटनगर–१५ स्थित जनविकास उच्च माविमा आज आयोजित एक कार्यक्रमका विच कोशी प्रदेशका स्वास्थ्य मन्त्री प्रदिपकुमार सुनवारले अभियानको शुभारम्भ गर्नुभयो […]

कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानद्धारा मुठ्ठी दान शुरु

विराटनगर १३ फागुन । कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान विराटनगर महानगर समितिले पूर्णिमाको अवसर पारेर शनिबार विराटनगरमा महानगरपालिका वडा नं ४ खार्जी कोहबरामा रहेकी बिन्ध्यावासिनी दूर्गा मन्दिरमा मुठ्ठी दान गरेको छ । शनिबारको मुठ्ठी दान कार्यक्रम कोशी प्रदेश सांसाद लिलाबल्लव अधिकारीको अगुवाईमा भएको थियो । दैनिक आफुले खाना पकाउने अन्नबाट एक मुठ्ठी छुट्याएर जम्मा भएको […]