लोकतन्त्रमा सञ्चारको निकै ठूलो महत्व : गृहमन्त्री लेखक

विराटनगर, ३१ वैशाख । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रमा सञ्चार क्षेत्रको निकै ठूलो महत्व रहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उहाँले लोकतन्त्रको सबै भन्दा सुन्दर पक्ष भनेको प्रेस स्वतन्त्रता हो र यो जीवन्छ हुनु पर्छ भत्रुभयो । उहाँले सञ्चारकर्मीहरुको सुविधा एवं पारिश्रमिकका निम्ति नीतिगत व्यवस्था गर्न सम्बन्धित मन्त्रालयका मन्त्रीसँग कुरा गर्ने भन्दै पत्रकारिता पेशा जोखिमपूर्ण छ, यसमा चुनौती र समस्याग्रस्त रहेको टिप्पणी गर्नुभयो ।

गृहमन्त्री लेखकले संविधानको कमजोर पक्षको पहिचान गरी राष्ट्रिय सहमतिको आधारमा संशोधन गर्न एक कार्यदल बत्रे बताउँदै संविधान संशोधनको विषयमा आवश्यक बहस र छलफल भइरहेको बताउनुभयो । उहाँले मुलुकको अर्थव्यवस्थालाई बलियो बनाउन सीमा क्षेत्रका चोरी पैठारी रोक्नु पर्छ र यसका लागि सुरक्षाकर्मीलाई निर्देशन दिइसकेको जानकारी दिँदै विगतको भन्दा अहिले राजस्व वृद्धि भएको कुरामा जोड दिनुभयो ।

मन्त्री लेखकले ३० दिनभित्र परिणाम आउने गरी सुरक्षा निकायलाई सीमा क्षेत्रमा काम गर्न निर्देशन दिएसँगै सरकारले १० महिनाको अवधिमा धेरै सुधारका काम गरेको स्पष्ट पार्नुभयो । उहाँले आफूले सम्हाल्ने मन्त्रालय अन्तर्गतका नीतिगत कानुन सुधारको कामलाई पहिलो प्रथामिकतामा राखेको बताउँदै प्रहरी संगठनलाई सुदृढ र बलियो बनाउन प्रहरी ऐन यसै आर्थिक वर्षमा पारित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले राष्ट्रिय परिचयपत्र जनताको घर/घरसम्म पुर्याउन आवश्यक व्यवस्थागर्ने भन्दै लागु औषध, आत्महत्या, सडक दुर्घटना, चोरी निकासी पैठारी शान्ति सुरक्षामा चुनौतीको रुपमा रहेको उल्लेख गर्नुभयो । गृहमन्त्री लेखकले भत्रुभयो, ‘ संविधान र व्यवस्था विरोधी क्रियाकलाप सहय हुँदैन ।’

नेपाल प्रेस युनियन मोरङ शाखाका सभापति बेदराज पौडेलको सभापतित्वमा सो कार्यक्रम भएको थियो ।